2026-06-28 11:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

बालमैत्री स्थानिय शासन सम्वन्धी अभिमुखिकरण तालिम सम्पन्न

माघ ३, कास्की / बालबालिकालाई बालमैत्री स्थानीय शासन
सम्वन्धी जानकारी गराउने उद्देश्यले ३ दिने बाल मैत्री स्थानीय शासन र बालक्लव परिचालन सम्वन्धी
अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

bal
जिल्ला बालमञ्च कास्कीको आयोजना,
जिल्ला बालकल्याण समितिको संयोजन र युनिसेफ नेपालको आर्थिक सहयोगमा जिल्ला बालमञ्च, कास्की, पोखरा
उपमहानगरपालिका र लेखनाथ नगरपालिकामा .गठित नगर स्तरीय बालमञ्चका सदस्यहरुलाई तालिमको आयोजना गरिएको
थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं
बालकल्याण अधिकारी लक्ष्मी जि.सी.ले बालबालिका आजैका कर्णधार हुन भविश्य संग जोड्न नहुने बताउदै
बालबालिकामा अनुसासन लोप भएकोमा दुःख व्यक्त गर्नुभयो । मनप¥यो भन्दैमा बालबालिकाले किशोरावस्थाको
गर्भपतन नवढाउन सहयोग गर्नुपर्ने बताउनुभयो । गैर सरकारी संस्था महासंघ, कास्कीका अध्यक्ष गोपाल खड्काले
बालबालिकाको क्षमता विकास गर्न गैरसरकारी संस्था सधै साथमा रहने बताउनुभयो ।

बालगृह सञ्जान कास्कीका अध्यक्ष गोमा ढकाल, गैरसरकारी संस्था महासंघ कास्कीका
उपाध्याक्ष पदमराज पहारी, सहभागीहरुको तर्फबाट रश्मी भट्टराई, दिपेश क्षेत्री, रुपेश भण्डारी लगायतकाले
मन्तव्य राख्नु भएको थियो । जिल्ला बालमञ्च कास्कीका अध्यक्ष दिपक वि.क.को अध्यक्षतामा भएको उद्घाटन
कार्यक्रमको सञ्चालन सचिव गुञ्जन प्यासीले गर्नु भएको थियो ।


उक्त तालिम कार्यक्रमको सहजिकरण जिल्ला बालकल्याण समिति कास्कीका बाल अधिकार अधिकृत
बद्रीप्रसाद वाग्ले, गैर सरकारी संस्था महासंघका क्षेत्रीय संयोजक केशव पौडेल र जिल्ला बालकल्याण समिति,
कास्कीका सदस्य कुन्जनी परियार प्यासीले गर्नु भएको थियो भने तालिममा २६ जना बालबालिकाको सहभागीता रहेको
छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी