२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

बालमैत्री स्थानिय शासन सम्वन्धी अभिमुखिकरण तालिम सम्पन्न

३ माघ २०७२, आईतवार ११:४३

माघ ३, कास्की / बालबालिकालाई बालमैत्री स्थानीय शासन
सम्वन्धी जानकारी गराउने उद्देश्यले ३ दिने बाल मैत्री स्थानीय शासन र बालक्लव परिचालन सम्वन्धी
अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

bal
जिल्ला बालमञ्च कास्कीको आयोजना,
जिल्ला बालकल्याण समितिको संयोजन र युनिसेफ नेपालको आर्थिक सहयोगमा जिल्ला बालमञ्च, कास्की, पोखरा
उपमहानगरपालिका र लेखनाथ नगरपालिकामा .गठित नगर स्तरीय बालमञ्चका सदस्यहरुलाई तालिमको आयोजना गरिएको
थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं
बालकल्याण अधिकारी लक्ष्मी जि.सी.ले बालबालिका आजैका कर्णधार हुन भविश्य संग जोड्न नहुने बताउदै
बालबालिकामा अनुसासन लोप भएकोमा दुःख व्यक्त गर्नुभयो । मनप¥यो भन्दैमा बालबालिकाले किशोरावस्थाको
गर्भपतन नवढाउन सहयोग गर्नुपर्ने बताउनुभयो । गैर सरकारी संस्था महासंघ, कास्कीका अध्यक्ष गोपाल खड्काले
बालबालिकाको क्षमता विकास गर्न गैरसरकारी संस्था सधै साथमा रहने बताउनुभयो ।

बालगृह सञ्जान कास्कीका अध्यक्ष गोमा ढकाल, गैरसरकारी संस्था महासंघ कास्कीका
उपाध्याक्ष पदमराज पहारी, सहभागीहरुको तर्फबाट रश्मी भट्टराई, दिपेश क्षेत्री, रुपेश भण्डारी लगायतकाले
मन्तव्य राख्नु भएको थियो । जिल्ला बालमञ्च कास्कीका अध्यक्ष दिपक वि.क.को अध्यक्षतामा भएको उद्घाटन
कार्यक्रमको सञ्चालन सचिव गुञ्जन प्यासीले गर्नु भएको थियो ।


उक्त तालिम कार्यक्रमको सहजिकरण जिल्ला बालकल्याण समिति कास्कीका बाल अधिकार अधिकृत
बद्रीप्रसाद वाग्ले, गैर सरकारी संस्था महासंघका क्षेत्रीय संयोजक केशव पौडेल र जिल्ला बालकल्याण समिति,
कास्कीका सदस्य कुन्जनी परियार प्यासीले गर्नु भएको थियो भने तालिममा २६ जना बालबालिकाको सहभागीता रहेको
छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली