२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विश्व बैंकको सहयोगमा पाल्पामा सडक विस्तार

२०७३, ६ मंसिर सोमबार ०२:३४

मङ्सिर ६, पाल्पा । तनहुँको भिमाददेखि घिरिङ देउराली हुँदै पाल्पाको रामपुर नगरपालिका जोड्ने मोटरबाटो विस्तार तथा मर्मत गर्ने कार्य भइरहेको छ । 

कृष्णमार्गअन्तर्गत पर्ने घ्यानुङ देउरालीदेखि केलादीसम्मको मोटरबाटो विस्तारको काम अघि बढाइएको छ । आठ मिटर चौडाइ रहेको झन्डै २५ किलोमिटरको बाटो विस्तार तथा मर्मत कार्य अहिले तीव्ररुपमा अगाडि बढिरहेको छ । 

विश्व बैंकको सहयोगमा नेपाल सरकारको कार्यान्वयन योजनाअन्तर्गत रु १० करोड ७६ लाखको लागत स्टमेटमा सो मोटरबाटो विस्तार तथा मर्मत कार्य थालनी गरिएको ठेकेदार तेजप्रसाद बरालले बताउनुभयो । 

सन्तोषी निर्माण सेवाले १५ महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता गरी कामलाई अगाडि बढाइरहेको छ । यसै आर्थिक वर्षबाट सुरु भएको मोटरबाटोको ५० प्रतिशत कटिङको काम सकिएको छ भने नाली कटान र ग्राभेल गर्ने काम भइरहेको छ । 

यहाँ मोटरबाटो विस्तार कार्य सकिएपछि पाल्पाको रामपुरबाट तनहुँको भिमाद, खैरेनी, पोखरा, काठमाडौँ, नारायणगढलगायतका विभिन्न स्थानमा सवारीसाधनको सङ्ख्या बढाउने तयारी गरिरहेको रामपुर यातायात समितिका अध्यक्ष राजन पोखरेलले बताउनुभयो । 

यस मोटरबाटोबाट पाल्पा, तनहुँ, स्याङ्जा र नवलपरासीका जनताले लामो तथा छोटो दूरीका लागि सहज सेवा लिँदै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल