2026-09-19 06:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जोगबुढा नदीमा झोलुङ्गे पुल निर्माण हुँदै

मङ्सिर ६, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० जोगबुढा नदीमा झोलुङ्गे पुल निर्माण हुने भएको छ । 

जोगबुढा नदीपारिको कुत्तियाकरभर क्षेत्रलाई जोडनका लागि झन्डै रु एक करोड बढीको लागतमा झोलुङ्गे पुल निर्माण हुने भएको हो । सो पुल निर्माणको जिम्मा बिएलटी कन्ट्रक्सन प्रालि कोहलपुरले पाएको छ । 

प्रालिका कार्यकारी निर्देशक तिर्खाराम खड्काका अनुसार पुल निर्माणको कार्य १५ महिनाभित्रै पूरा गरिने छ । महाकाली नदी र जोगबुढा नदीले घेरिएको कुत्तियाकरभरका ४० बढी परिवार पुल नहुँदा डुङ्गामा जोखिम पूर्ण यात्रा गर्दै आएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पुल निर्माण गर्ने प्रतिबद्धता गरे बमोजिम पुल बन्न लागेको बताइएको छ । 

नगरपालिकामा आधारभूत मार्गदर्शन प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेन 

कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकामा बस्ती विकास, सहरी योजना तथा भवन निर्माण आधारभूत मार्गदर्शन विपरीत भवन निर्माणको कार्य हुन थालेको छ । 

नगरपालिकाले मार्गदर्शन लागू गरे पनि प्रभावकारी रुपमा कार्यान्वयन नगर्दा मापदण्डअनुरुपका भवन निर्माण हुन नसकेका हुन । मार्गदर्शन र भवन संहिताअनुरुप भूकम्प प्रतिरोधी भवन निर्माणका लागि चार जनाले मात्रै नक्सापास गराएको नगरपालिकाका सब इन्जिनियर टेकेन्द्रप्रसाद भट्टले बताउनुभयो । 

“नगरपालिका घोषणा हुनु अघि बिना मापदण्ड निर्माण गरिएका २७१ वटा घरको अभिलेखीकरणको कार्य गरेका छौँ” उहाँले भन्नुभयो । घर निर्माण गर्दा अनिर्वाय नक्सा स्वीकृत गराउनु पर्ने नियम लागू गरिएको भए पनि अधिकांशले नक्सापास नगरिकनै भवन निर्माण गरिरहेको पाएका छौँ नगरपालिकाका कार्यकारी अधिकृत रघुनाथ अवस्थीले भन्नुभयो, “तोकिएको मापदण्ड विपरीत घर निर्माण गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौँ ।” 

त्यस्तै नगरपालिका भित्र जग्गा प्लटिङ गर्दा आठ मिटर चौडाइको सडक, विद्युत्, खानेपानी, ढल निकास, टेलिफोन र खुला ठाउँको व्यवस्था प्लटिङ कर्ताले आफ्नै निजी लगानीमा अनिर्वाय गर्नुपर्ने व्यवस्था गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई