2026-06-28 11:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अदालतमा निशुल्क निवेदनको प्रयोग बढ्दै

राजाराम पौडेल, माघ ३, पोखरा
/
 निशुल्क रुपमा उपलब्ध गराइदै आएको निवेदनको प्रयोग कास्की जिल्ला अदालतमा बढ्रदै गएको छ । गत
मंसिर महिनाबाट सुरु गरिएको यो सेवा प्रदान गर्नका लागि अदालतमा न्यायमा पहुँच कक्षको स्थापना गरिएको छ
। अदालतमा पुग्ने
सेवाग्राहिले यो सुविधाको बारेमा बुझ्दै गएकोले शुरुवातका दिनको तुलनामा यो सुविधा
लिने सेवाग्राहिको संख्यामा वृद्धि हुदै गएको कास्की
जिल्ला अदालतका स्रेस्तेदार दीनबन्धु बरालले
बताए ।

‘मंसिर महिनाबाट सुरु गरिएको यो सेवाको प्रभाव बढ्दै
भएको छ ।’ बराल बताउँछन् । यो सुविधाको बारेमा सेवाग्राहिलाइ जानकारी होस्र भन्ने हेतुले अदालतको सूचना
पार्टीमा समेत यो सुविधाको बारेमा सूचना मार्फत जानकारी गराइएको छ । यो सेवा लिने क्रममा कुनै झन्झट
भएमा से्रस्तेदार वा न्यायाधीश समक्ष सिधै गुनासो गर्न सकिने स्रेस्तेदार बरालले बताए । अदालतमा मुद्दा
मामिलाको लागि
सेवाग्राहिलाइ अदालतबाट प्रदान गरिने न्यायिक परामर्श सेवा उपलब्ध गराउँदा समेत यो
सेवाको बारेमा जानकारि दिने गरेको उनको भनाइ छ ।

यो सेवाको
प्रभावकारिताको लागि न्यायमा पहुँच कक्षको व्यवस्था गरिएको छ । यो कक्षबाट अदालतमा मुद्दा दर्ता हुदाँको
चरणबाट फैसला कार्यान्वयन सम्मका चरणहरुमा सेवाग्राहिहरुको लागि आवश्यक पर्ने निवेदन उपलब्ध गराइएको
बरालले जनाए । ‘निवेदनहरु निशुल्क रुपमा सेवाग्राहिलाइ उपलब्ध गराउने र भर्न नसक्ने वा नजान्नहरुको लागि
अदालतका कर्मचारी र वैतनिक वकिलबाट भर्ने व्यवस्था मिलाइएको छ ।’ उनले भने ।


विशेषगरि नक्कल पाउँ, गूज्रेको म्याद थामि पाउँ, साक्षी हाजिर गराइ पाउँ, सक्कल
लिखत दाखिला गरेको लगायतका निवेदन सेवाग्राहिले खोज्ने गरेको उनले जनाए । यसैगरि कास्की जिल्ला अदालतले
यसअगाडिनै सुरु गरेको सेवाग्राहिका लागि झन्झटमुक्त सेवालाइ निरन्तरता दिएको छ ।

अदालतले नक्कल दिने, पेसी÷तारेख तोक्ने, गुज्रेको तारेख थाम्ने थमाउने, वारेसनामा
सकारनामा सम्बन्धि कार्य, मिलापत्र, पुनरावेदन फिर्ता, तामेली लगायतको निवेदन दर्ता गर्ने, लिखित जवाफ
वा अन्य प्रमाण कागजात पेश गर्ने, जुनसुकै फुटकर निवेदन दर्ता वा दरपिठ गर्ने,मुद्दाको कारवाही सम्बन्धि
जानकारी सूचना लिनेदिने लगायतका काम एक घण्टा भित्र उपलब्ध गराउने व्यवस्था मिलाएको छ । छिटोछरितो
झन्झटमुक्त सेवाले सेवाग्राहीलाइ सहजता महशुस गराएको स्रेस्तेदार बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी