मंसिर ६, पोखरा । जुनियर तथा युवा रेडक्रस सर्कल मदरल्याण्डको आयोजनामा भएको रक्तदान कार्यक्रममा १ सय २५ जनाले रक्तदान गरेका छन् । 

विद्यालयस्तरबाट भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ६, पोखरा । जुनियर तथा युवा रेडक्रस सर्कल मदरल्याण्डको आयोजनामा भएको रक्तदान कार्यक्रममा १ सय २५ जनाले रक्तदान गरेका छन् । 

विद्यालयस्तरबाट भ"/>

2026-09-19 12:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मदरल्याण्डमा रक्तदान कार्यक्रम सम्पन्न

मंसिर ६, पोखरा । जुनियर तथा युवा रेडक्रस सर्कल मदरल्याण्डको आयोजनामा भएको रक्तदान कार्यक्रममा १ सय २५ जनाले रक्तदान गरेका छन् । 

विद्यालयस्तरबाट भएको कार्यक्रममा सम्भवत बढि रगत संकलन भएको यो नै पहिलो हो । कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरुले रक्तदान गरेका हुन् । ‘युवा विद्यार्थीहरुले रक्तदान गरेको सम्भवत पहिलो हो ।  रक्तसंचार केन्द्र पोखराका प्राविधि प्रमुख अर्जुन ज्ञवाली भने, ‘युवा अवस्थाबाटै रक्तदान दिनेको संख्या कम हुन्छ ।’

उनले पहिलो पटक रक्तदान गर्न मानिसलाई कठिन हुने बताउदै पहिलो पटक नै १७÷१८ वर्षको उमेरमा रक्तदान गरेका युवायुवतीले पटक पटक रक्तदान गर्ने बताए । उनले पोखरामा केहि समय पहिलो रगत अभाव हुने सम्भावना देखिए पनि सोमबारको रक्तदान कार्यक्रमले अभाव नहुने बताए । ‘केही दिन देखि लगातार रक्तदान कार्यक्रम भएका छन्, उनले भने,‘त्यसैले रगतको कुनै समस्या हुदैन ।’

मदरल्याण्ड मावि नेपाल रेडक्रस सोसाटीका शिक्षक नायक होमनाथ भट्टराईले विद्यार्थीहरुले आफै उत्साहीत भएर रक्तदानमा सहभागी भएको बताए । उनले कक्षा ११ र १२ मा अध्ययन गर्ने विहानी सत्र र दिवा सत्रका विद्यार्थी समय मिल्ने गरि कार्यक्रमको आयोजना गरेको बताए । नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति डोलराज पाण्डेले मदरल्याड माविका निर्देशक त्रिभुवन शर्मालेलाई व्लडव्याग हस्तान्तरण गरी उद्घाटन गरे ।

कार्यक्रममा उपसभापति डोलराज पाण्डे, विद्यालयका निर्देशक त्रिभुवन शर्मा, शिक्षक नायक होमनाथ भट्टराई लगाएतले रक्तदानले अन्य बचाउन सहयोग पुग्ने बताएका थिए । युवा रेडक्रस सोसाइटी मदरल्याडका अध्यक्ष राजन सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा सचिब दिपा अधिकारीले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता