होम साउद/मङ्सिर ७, अछाम । सुदूरपश्चिम विकास आयोग समग्र सुदूरपश्चिमको विकासका लागि योजना तर्जुमा अभियानमा लागेको छ । 

आयोग सुदूरका सबै जिल्लाम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

होम साउद/मङ्सिर ७, अछाम । सुदूरपश्चिम विकास आयोग समग्र सुदूरपश्चिमको विकासका लागि योजना तर्जुमा अभियानमा लागेको छ । 

आयोग सुदूरका सबै जिल्लाम"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

योजना तर्जुमा अभियानमा समग्र विकासको खाका ल्याँउन स्थानियको माग

७ मंसिर २०७३, मंगलवार ०४:०४


होम साउद/मङ्सिर ७, अछाम । सुदूरपश्चिम विकास आयोग समग्र सुदूरपश्चिमको विकासका लागि योजना तर्जुमा अभियानमा लागेको छ । 

आयोग सुदूरका सबै जिल्लामा जिल्ला स्तरीय योजना तुर्जमा गर्दै समग्र सुदूरको विकासको खाका ल्याँउनका लागि क्रियाशिल भएको हो । अभियान अन्र्तगत सुदूरपश्चिम विकास आयोगको सचिवालय दिपायलले सोमवार अछाम सदरमुकाम मंगलसेनमा सरोकारवालाहरु बिच योजना तर्जुमाका लागि अन्र्तक्रिया गरेको छ । 

कार्यक्रममा सहभागि सरोकारवालाहरुले सुदूरपश्चिमको विकासका लागि आयोगले नीतिगत सुधारमा ध्याँन दिनुपर्ने बताएका छन । सरोकारवालाहरुले लगानीका लागि निजी क्षेत्रको आर्कषण बढाँउन पहल गर्नुपर्ने, यस अगि प्रस्ताव गरेका योजनाहरुको अवस्था र आगामि कार्ययोजनावारे खाका बाहिर ल्याँउनुपर्ने तथा बस्ति स्थरवाटै छानियका योजनाहरुलाई पनि आयोगले प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन । 

कार्यक्रममा बोल्दै राप्रपाका जिल्ला अध्यक्ष तेज बहादुर बिष्टले हरेक परिषदहरुमा यहाँको विकासका महत्वपूर्ण योजनाहरु आएपनि माथिसम्म पुग्ने र कार्यान्वयन हुने समस्या रहेको बताए । नेकपा एमालेका जिल्ला सदस्य चन्द्र बोहराले यस अगि पनि आयोगले यो क्षेत्रको विकासका लागि मार्गचित्र तयार गर्न यस्ता कार्यक्रम गरेपनि के प्रगती भएको छ जाँनकारी गराँउन आवस्यक रहेकोमा जोड दिए । 

छलफल कार्यक्रममा अछामका जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टले यस क्षेत्रमा प्राविधिक शिक्षाको लागि पर्याप्त प्राविधिक शिक्षालय नभएकाले त्यसतर्फ पनि आयोगले ध्याँन दिन जरुरी रहेको बताए । प्राविधिक जनशक्ति उत्पादन भएमा मात्रै समग्र विकासले गति लिनेमा बिष्टको जोड थियो । 

जिल्ला भू संरक्षण कार्यालय अछामका प्रमुख शिव पोखरेलले पनि अछामको हकमा पर्यटन विकासका लागि बैजनाथ देखी रामारोशन सम्म केवुलकारको सम्भावना रहेको भन्दै त्यसको सम्भाब्यता अध्ययन गरि दीर्घकालिन योजना बनाँउन आवस्यक रहेकोमा जोड दिए । 

यस्तै नेपाल घरेलु तथा साना उद्योग महाँसंघ अछामका अध्यक्ष तथा उद्योग बाणिज्य संघ अछामका महाँसचिव बम बहादुर रावलले आयोगले निजी क्षेत्रको विकास र निजी क्षेत्रसंग समन्वय तथा परामर्श गर्दै लगानी गर्ने बातावरण निर्माणका लागि आवस्यक कार्य गर्नुपर्नेमा जोड दिए । सुदूरपश्चिमको विकासका लागि स्थानिय स्तरको सुझाव र आवस्यकतालाई ध्याँनमा राखेर विकासको कार्ययोजना तयार पारिने सुदूरपश्चिम विकास आयोगका कार्यकारी निर्देशक रामशरण सापकोटाले जाँनकारी गराए । 

आयोग अहिले सुदूरपश्चिममा जलबिद्युत, कृषि र पर्यटनलाई केन्द्र बनाएर विकासको मोडेल तयारीमा रहेको उनले बताए । यसका साथै दिपायल एरपोर्ट संचालन, बिभिन्न प्राविधिक शिक्षालयको विकास लगायतका योजनाहरुको अध्ययन गरि सरकारलाई सुझाव दिएको आयोगका उपसचिव जनकराज जोशीले बताए ।  

२०७१ सालपछि मात्रै काम गर्न सुरु गरेको सुदूरपश्चिम विकास आयोगले अल्पकालिन र दीर्घकालिन आर्थिक, सामाजिक विकास रणनीति निर्माण, धार्मीक र पर्यटकीय विकास सम्वन्धि गुरुयोजना निर्माण, सुदूरपश्मिमा लगानी प्रर्बदनका लागि राज्यवाट करमुक्त क्षेत्र बनाँउन सिफारिस गर्ने लगायतका कामहरु अगाडि बढाईरहेको सो अवसरमा जाँनकारी दिईएको थियो । अछामका निमित्त स्थानिय विकास अधिकारी लाल बहादुर बिष्टको अध्यक्षतामा भएको उक्त छलफल तथा अन्र्तक्रियामा प्रमुख जिल्ला अधिकारी कौशलराज शर्मा सहित जिल्ला स्थित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो