२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामको बारलामा ३ दिने घुम्ती शिविर संचालन हुने

७ मंसिर २०७३, मंगलवार ०४:०८

कमल रावल/मङ्सिर ७,अछाम । अछाम जिल्ला सदरमुकामबाट टाढा रहेका जनतालाई लक्षित गर्दै अछाम जिल्लाको बारला गाविसमा एकीकृत घुम्ती शिविर संचालन गरिने भएको छ । सदरमुकाम आउन तथा जान समस्या हुने र टाढा रहेका जनतालाई लक्षित गर्दै एकीकृत घुम्ती शिविर संचालन गरिने जिल्ला प्रशाशन कार्यालय अछामले जनाएको छ । जिल्ला प्रशाशन कार्यालयको संयोजन तथा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयको समन्वयमा यही मंसिर १२ गतेदेखि १४ गतेसम्म शिविर संचालन गर्न लागिएको हो । 

जिल्लाको पूर्वी क्षेत्रमा रहेका र सडक सञ्जालबाट समेत नजोडिएका बारला, कालेकाँडा, पुल्लेतोला र लयाँटी गाविसलाई लक्षित गर्दै शिविर संचालन गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषालले जानकारी दिनुभयो । 

शिविरमा जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र, जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावलीमा नाम संकलन तथा अद्यावधिक, जिल्ला स्वास्थ्य कार्यालयबाट पुरुषका लागि स्थायी बन्ध्याकरण भ्यासेक्टोमी तथा स्वास्थ्य परिक्षण सेवा दिईने छ । 

यस्तै महिला तथा बालबालिका कार्यालयबाट अपांगता भएका व्यक्तिलाई परिचयपत्र समेत वितरण गरिने भएको छ । अपांगता भएका व्यक्तिलाई कष्ठकर यात्रा गर्दै जिल्ला सदरमुकाम सम्म आएर परिचय पत्र बनाउँदा हुने दुखबाट स्थानीय मुक्त भई गाउँमै परिचयपत्र पाउने बताईएको छ । 

शिविरमा जिल्ला कृषि विकास कार्यालयबाट निशुल्क बिउँ विजन वितरण तथा कृषि सम्बन्धि जानकारी दिईने छ भने जिल्ला पशु सेवा कार्यालयबाट कुकुरलाई रेबिज बिरुद्धको खोप, विभिन्न पशुको उपचार तथा पशु सम्बन्धि जानकारी दिईने सहायक प्रमुख जिल्ला अधिकारी भुषालले बताउनु भयो । 

शिबिर बारला गाविसको तिखापालतमा संचालन हुने छ । ४ गाविसलाई लक्षित गरी शिविर संचालन गरिने भएपनि आफुलाई पायक परेमा अन्य गाविसका स्थानीयलाई पनि सेवा दिईने बतार्ईएको छ । 

अछाम जिल्लाका दुर्गम तथा सदरमुकामबाट टाढा रहेका स्थानमा एकीकृत घुम्ती शिवर सञ्चालन गरि समय समयमा सेवा दिने गरिएको छ । पटक पटकका ऐककिृत घुम्ती सेवा शिविर मार्फत हजारौँ नागरिकले सेवा लिईएको जिल्ला प्रशाशन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की