२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सस्तो ब्यापार मेलामा प्रदेश तारा हुने

७ मंसिर २०७३, मंगलवार ०४:२६

मंसिर ७, पोखरा । पोखराको पृथ्वीचोकस्थित बास्तोल कम्प्लेक्समा आयोजना हुने दोश्रो सस्तो ब्यापार मेलामा नवप्रतिभाको खोजी अभियान अन्तर्गत खुल्ला नृत्य प्रतियोगिता (प्रदेश तारा) हुने भएको छ । 

नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले प्रदेश अन्र्तगत पहिलो नृत्य प्रतियोगिता समावेश गरिएको ब्यापार मेलाका संयोजक माधव बस्तोलाले बताए । प्रदेश ताराको प्रथमले नगद ३० हजार,द्धितियले १५ हजार,तृतियले १० हजार र सान्त्वन हुन सफल दुई जनालाई ५÷५ हजार रुपैयाँ प्रदान गरिने संयोजक बास्तोलाले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।प्रदेश तारामा सोमबारसम्म ३० जनाले नाम दर्ता गरेको र मंसिर आठ गतेसम्म दर्ता समय रहेकाले अझै बढने बास्तोलाले बताए ।

उनका अनुसार विभिन्न जिल्लाहरुमा उत्पादित वस्तुको प्रवद्र्धनका साथै एकै थलोमा वस्तुको पहिचान र सेवालाई उपभोक्ता सम्म पु¥याउने, कम्प्लेक्स भित्रको व्यवसायको प्रवद्र्धन, साहित्य कला र संस्कृतिको प्रचारप्रसारका साथै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य मेलाको छ । 

साथै मेलामा स्थानीय तथा घरेलु सामग्रीहरुको प्रचारप्रसार तथा प्रवद्र्धन र कृषि तथा उत्पादित वस्तुको बजारीकरणमा मेलाले सहयोग पु¥याउने उनले बताए ।मेलाको थप आकर्षणमा मेलामा लोक दोहोरी धमाका, विश्वका विभिन्न ठाउँमा पाइने सबै प्रकारका कुकुरको प्रदर्शनी, हिरादेखि जिरासम्म र नुनदेखि सुन सम्मका सम्पूर्ण सामान एकै थलोमा पाइने र कृषि प्रदर्शनी रहेको छ ।

३ करोड लागतमा निर्माण भएको कम्प्लेक्समा ३ सय २० सटर छन् । करिब १८ लाख खर्च लाग्ने अनुमान गरिएको मेलाको १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । 

मेला अवधिमा कम्प्लेक्स भित्रका पसलमा सामान खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ ।बास्तोला कम्प्लेक्स माधव बास्तोला, बलराम बास्तोल, उमराज बास्तोला र बाबुराम आचर्याले सञ्चालनमा ल्याएका हुन् । कम्प्लेक्समा वाइफाइ र सिसि क्यामेराको व्यवस्था, पर्याप्त पार्किङको सुविधा लगायतका विशेषता छन् । पत्रकार सम्मेलनको संचालन नेत्रपाणी बास्तोलाले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो