२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

 विन्ध्यावासिनीमा जेष्ठ नागरिक मिलन केन्द्र सुरु

२०७२, ४ माघ सोमबार १६:३४

 शिब न्यौपाने/ माघ ४,
पोखरा । 
पोखराको प्रशिद्ध धार्मिक स्थल विन्ध्यावासिनी मन्दिर परिसरमा बृद्धबृद्धाको लागि
जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गरेको छ । ७० बर्ष पुगेका बृद्धबृद्धालाई सेवा दिने गरी केन्द्र
सञ्चालनमा ल्याईएको हो । विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिले बृद्धबृद्धाको लागि निशुल्क दिवा
सेवा प्रदान गर्ने गरी मिलन केन्द्र स्थापना गरेको अध्यक्ष गणेश बहादुर श्रेष्ठले बताए ।

समितिले
अहिले ३० जना बृद्धबृद्धा बस्न सक्ने क्षमताको केन्द्रमा खाजाको ब्यबस्था सहित श्रव्यदृष्य सामाग्री,
मनोरञ्जनका साधन सहित स्थापना गरिएको हो । केन्द्रमा दैनिक आउने बृद्धबृद्धाको लागि महिनामा तीन पटक
सम्म निशुल्क स्वास्थ्य परिक्षणको समेत ब्यबस्था गरिएको समितिका सचिब तिर्थ श्रेष्ठले जानकारी दिए । चार
कोठे भवनमा एउटा कोठामा टिभी सहित मनोरञ्जन हल, दुई वटा कोठामा महिला र पुरुषको लागि छुट्टा छुट्टै
विश्राम गर्ने ब्यबस्था छ ।

जेष्ठ नागरिकको हेरचाहको लागि दुई जना कर्मचारी पनि खटिनेछन् ।
केन्द्र सञ्चालनको लागि मासिक एक देखि डेढ लाख रुपैया खर्च लाग्ने समितिका अनुमान छ ।  खर्च सरकारी
अनुदान, मन्दिरमा आउने भक्तजन र विभिन्न संघसंस्था, व्वसायीबाट सहयोगको रुपमा प्राप्त हुने समितिको
अनुमान छ । केन्द्रमा सेवा लिन अहिले सम्म २० जना सम्पर्कमा आएको समितिले जनाएको छ । समितिमा निवेदन
दिएको आधारमा छनौट गरिने श्रेष्ठले बताए ।

समितिको सवारी नभएकाले आफै हिडेर आउन सक्ने वा
परिवारजनले ल्याउने लागे गर्ने बृद्धबृद्धालाई प्राथमिकता दिएको बताए ।  बृद्धबृद्धालाई कहिलेकाही पोखरा
आसपासको क्षेत्रको भ्रमणमा समेत लगिने समितिले जनाएको छ । माग भएमा केन्द्रलाई बिस्तार गर्न पनि सकिने
समितिको लक्ष्य छ । जेष्ठ नागरिकको सम्मान र संरक्षण गर्ने उद्देश्यले केन्द्र सञ्चालन गर्न लागिएको
समितिका अध्यक्ष श्रेष्ठले बताए । केन्द्रको सोमबार मुख्य सचिव डा सोमलाल सुवेदीले उद्घाटन गरेका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा