२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

छोटो गुरुङ चलचित्र निर्माण तालिमको लागि जिफान टोली सिक्लेसमा

७ माघ २०७२, बिहीबार १४:४९

sikelमाघ ७, सिक्लेस । हामी सवैको मनमा गुरुङ चलचित्र मुल नाराका
साथ क्रियाशिल गुरुङ फिल्म एशोसिएसन नेपाल ( जिफान ) छोटो चलचित्र निर्माणको लागि कास्कीको पर्यटकिय
गाउँ सिक्लेस आईपुगेको छ ।

माघ ७ गतेदेखि १० गतेसम्मा हुने
तालिमका लागि आएका गुरुङ चलचित्रका निर्माता, निर्देशक तथा कलाकारहरुलाई सिक्लेस आमा, सिक्लेस युवा क्लव
र सिक्लेसवासीहरुले एक समारोहवीच फुलमाला र टिका लगाई स्वागत गरेका थिए ।

चलचित्र निर्माणमा क्षमता अभिवृद्धि र गुणस्तरियता बृद्धिका लागि जिफानको आयोजना र नेपाल
चलचित्र विकास बोर्ड आदिवासी जनजाति मातृभाषा प्रवद्र्धन समितिको सहयोगमा जनजाति चलचित्र महासंघ नेपालका
अध्यक्ष अमृत सुनुवारको प्रमुख अतिथ्यतामा तालिम हुन लागेको जिफानका अध्यक्ष वेद वहादुर गुरुङ श्यामले
जानकारी दिनुभयो ।

छोटो चलचित्र निर्माणका लागि भोलि माघ ७ गते
पहिलो दिन इन्डोर सम्वन्धि प्रशिक्षण दिने र दोश्रो दिनबाट आउट डोर सम्वन्धि प्रशिक्षण दिने र समुह समुह
बनाई तालिम अवधिभर ५ ओटा छोटो गुरुङ चलचित्र निर्माण गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।

जिफानको प्राविधिक विभागको संयोजनमा हुन लागेको तालिममा करिव ५० जनाको सहभागिता
रहने आयोजकले जानकारी दिएको छ । तालिममा जिफानका अध्यक्ष गुरुङ, पुर्व अध्यक्ष तथा सल्लाहकार प्रमुख
माओत्से गुरुङ, कृष्णकुमार गुरुङ, प्रितम गुरुङ, युगवहादुर गुरुङ र प्रकाश गुरुङ काश लगायतले प्रशिक्षण
दिनुहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य