पढ्न करिब 2 मिनेट लाग्छ

सास । मंसिर ७, बर्दिया ।

विकास निर्माणका कामहरुमा त अनेकन तौरतरीकाले टेण्डर हाल्ने प्रचलन रहेको छ । अनेकन निर्माणका कम्पनीहरुले तँछाड मछाड गरेर टेण्डर हाल्ने लर्को नै हुन्छ । कतिपय स्थानहरुमा झडप समेत भएको घटना कुनै नौलो कुरा पनि हैन । यति मात्रै हैन टेण्डर प्रकृयाका विवादका कारणले गर्दा विभिन्न निर्माण कम्पनीहरुको अस्तित्व नै समाप्त भएको तपाई हामीले देख्दै र भोग्दै आएको कुरा हो ।

सुटिङ्ग युनिट ….

यहाँ कुनै बाटोको टेण्डर नभएर मायामा टेण्डर खुलेको र यसमा निर्धारित समयमा नै टेण्डर हालेर समयमै जोवन विक्रीका लागि गीतका माध्यमबाट बर्दियाली गायक तथा सङ्गीतकार राजेन्द्र बजगाईं आम श्रोता तथा दर्शकहरुलाई आह्वान गरिरहेका छन् । आज मात्रै काठमाडौमा यो गीतको छायाङ्कन सकिएको छ । अत्यन्तै फरक स्वाद दिने खालले तयार गरिएको यो गीतले आम श्रोता तथा दर्शकहरुको मन जित्ने यसका सर्जक राजेन्द्र बजगाईंले साझा सबाल अनलाईनलाई बताएका छन् ।

केही दिनमा नै यसको सम्पादन कार्य सकेर सार्वजनिक गर्ने तयारी भइरहेको समेत उनले बताए ।

रेशमलाल श्रेष्ठको शब्द, विशाल ढकालको सङ्गीत, राजेन्द्र बजगाईं र पारु शाहीको आवाज रहेको यो गीतको भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका छन् । अर्जुन तिवारीको छायाँकन रहेको छ भने म्युजिक भिडियोको कोरियोग्राफी रवीन शङ्करले गरेका छन् । यो म्युजिक भिडियोमा दीपक लम्साल, वर्षा रावत र विमल के.सी. को सशक्त अभिनय रहेको छ ।

म्युजिक भिडियोका नायक र नायिका …..दिपक र वर्षा