शिब न्यौपाने/ माघ ११, पोखरा । राप्रपा नेपाल कास्की क्षेत्र नं। ३ को
आयोजनामा ९ नं वडामा हिजो वडा भेला सम्पन्न सम्पन्न गरेको छ ।
प्रत्येक वडा, गाउँमा राप्रपा नेपाल भन्ने राष्ट्रिय अभियानलाई सार्थकता दिलाउनका लागि भेला
गरिएको अञ्चल सचिव तथा राष्ट्रिय पत्रकार समाजका अध्यक्ष सूर्य बाँस्तोलाले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी राप्रपा नेपाल कास्कीका जिल्ला अध्यक्ष
जयलाल पुनले पोख्रेली जनतालाई शुद्ध खानेपानीको व्यवस्था गर्न आफूले पहल गरेको बताउनुभयो । मुहान नथपी
धारामात्र बाँड्नु अर्थहिन भएको भन्दै उहाले खानेपानीका स्रोतलाई व्यवस्थित गर्न राष्ट्रिय योजनामा
पार्न पहल गरिएको जानकारी दिनुभयो ।