२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नेष्डो नेपालको वार्षिक समिक्षा सम्पन्न

२०७२, १३ माघ बुधबार १५:२१

esdo 1

माघ १३, लुँखु देउराली, पर्वत ।  नेष्डो सुचना विभाग÷राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास
संस्था, नेष्डो नेपालको वार्षिक कार्यक्रम समिक्षा, वित्तीय साक्षरता एवम् सेवा विस्तार अभियान–२०७२
अन्र्तगत वुधवार पर्वत जिल्लाको लुँखु शाखामा एक दिने कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाको सेवालाई प्रभावकारी वनाउन हकवाल सदस्यको पृष्ठपोषण लिने, समुदायका
पुरुष सदस्यहरुलाई लघुवित्तीय सेवा वारे जानकारी गराई संस्थाको वित्तीय सुविधा थप ग्रामीण क्षेत्रसम्म
पु¥याउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो । संस्थाको ३६औं शाखाको रुपमा एक वर्ष पहिले स्थापित
लुँखु शाखाले पर्वत र स्याङ्गजा जिल्लाका नौ गाविसमा सेवा विस्तार गरी ४६ वटा केन्द्रमा ६ सय ६५ विपन्न
घरधुरीलाई समुहमा आवद्ध गरेको छ । यसै गरी शाखाले १७ लाख ८० हजार वचत संकलन गर्नुको साथै ९९ लाख ४७ हजार
विना धितो कर्जा लगानी गरेको छ । कार्यक्रममा संस्थाले सेवा प्रवाह गर्दै आएका ४६ स्वावलम्वन केन्द्रका
सदस्य एवम् सरोकारवाला निकायका प्रतिनिधी गरी झण्डै ४ सय २७ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा आर्थिक वर्ष २०७१÷७२ को वार्षिक मुल्याङ्कनमा उत्कृष्ठ स्थान
हासिल केन्द्रहरुलाई पुरस्कृत गरियो । पुरस्कृत हुनेहरुमा प्रथम स्थान हासिल गर्ने पर्वत जिल्ला लँखु
गाविस, वडा नं.: ९ स्थित सरस्वती महिला स्वावलम्वन केन्द्र केन्द्र नं. १, दृतिय वालकोट गाविस, वडा नं.ः
९ स्थित श्री शुभकामना महिला स्वावलम्वन केन्द्र केन्द्र नं. १७, तृतिय स्थान हासिल गर्ने भोक्सिङ्ग
गाविस, वडा नं.ः ३ स्थित इन्द्रेणी महिला स्वावलम्वन केन्द्र केन्द्र नं. १९ र सान्त्वना स्थान हासिल
गर्ने वालाकोट गाविस, वडा नं.ः ४ स्थित वालारानी महिला स्वावलम्वन केन्द्र केन्द्र नं. २२ रहेका छन्

nesdo 2

यसै गरी कार्यक्रममा संस्थाको सेवालाई अति विपन्न
समुदायसम्म पु¥याउन सहयोग गर्ने सामाजिक व्यक्तित्वहरुलाई नेष्डो लघु वित्त दुतको रुपमा सम्मान गरिएको
थियो । यसरी सम्मानित हुनेहरुमा पर्वत जिल्ला लुँखु गाविस, वडा नं.–१ निवासी श्री सरस्वती अधिकारी,
फलामखानी–९ निवासी शिक्षक भीम वहादुर क्षेत्री, वालाकोट ९ निवासी श्याम वहादुर क्षेत्री, भोक्सिङ्ग–३
निवासी नुन वहादुर गुरुङ्ग, पाखापानी–१ निवासी मेख वहादुर क्षेत्री रहनु भएको छ । सम्मानित हुने अन्य
सामाजिक व्यक्तित्वमा कुर्घा गाविस वडा नंं ८ निवासी चन्द्रा सार्की र पाखापानी–६ निवासी मातृका देवी
भण्डारी रहनु भएको छ ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि
संस्थाका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले संस्थाको सेवावारे हकवाला सदस्यका साथै समाजका अग्रणी
व्यक्तित्वलाई अवगत गराई वन्चितीमा परेका समुदायसम्म सेवा विस्तार गर्ने उद्दे्रश्यले अभियान सञ्चालन
गरिएको वताउनु भयो । लघुवित्तले एउटा विपन्न परिवारको घरदैलोमा पुगी चेतना विकास, संगठन विस्तार गर्नुका
साथै आर्कषक वचत योजना, विपन्नमुखी कर्जा सुविधाको साथै ढेड दर्जन कल्याणकारी सुविधा दिई सदस्यको हरेक
सुख, दुखमा साथ दिंदै आएको वताउनु भयो । यसैगरी नेपाली काँग्रेसका लुँखु गाँउ सभापती डिल्लीराम पौडेलले
नेष्डो नेपालको सेवा अति गरिवमुखी भएकोले सवैले साथ दिनु पर्ने वताउनु भयो । नेकपा एमाले पर्वतका जिल्ला
सदस्य जिवन विक्रम उचैले नेष्डो नेपालको सेवालाई अन्य स्थानीय शहकारीसंग तुलना गर्न नमिल्ने वताउनु हुदै
संस्थाले सदस्यको सीप विकास तथा व्यवसायिकतामा जोड दिए अति उत्तम हुने वताउनु भयो । कार्यक्रममा
धुँवाकोट महाशिला वहुमुखी क्याम्पसका प्रमुख खुम प्रसाद शर्मा, संस्थाका विभागीय प्रमुख वद्री प्रसाद
मिश्र, युधिष्ठिर भुषाल, इश्वरी शर्मा, महिला प्रतिनिधी मिना क्षेत्री मल्ल, राज कुमारी श्रेष्ठ,
नीरमायाँ नेपाली, शिव कुमारी नेपाली लगायतले संस्थाको सेवा अति गरिवीमुखी रहेको धारणा राख्नु भएको थियो

कार्यक्रममा चर्चित नृत्य कलाकार सुक वहादुर पुन, अनिता सोती
र उदयमान लोक गायिका मधु चापागाईले विविध साँस्कृति प्रस्तुतीकरण राख्नु भएको थियो ।

कार्यक्रम शाखा प्रवन्धक अन्जु मल्लको अध्यक्षता, लघु वित्त प्रमुख विश्ववन्धु
प्रसाईको स्वागत, केन्द्र प्रवन्धक दुर्गा सुनारको संस्थागत प्रतिज्ञा एवम् रेडियो सम्वृद्धका स्टेशन
प्रमुख ओम्ना क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ