2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

तमु सांस्कृतिक प्रतिष्ठानको १४ औँ वार्षिकोत्सव, बिभिन्न कार्यक्रम सहित सम्पन्न

शिव न्यौपाने । माघ
१४, पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालको १४औँ वार्षिकोत्सवको अवसरमा हिजो पोखरामा स्रष्टालाई
सम्मान र गत वर्षको प्रवेशिका (एसएलसी) परीक्षामा तमु छात्रछात्रामध्ये सर्वोत्कृष्ट अङ्क ल्याउनेलाई
पुरस्कृत गरिएको छ ।

सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले
विभिन्न क्षेत्रमा रहेर उत्कृष्ट काम गर्ने तमु स्रष्टालाई नगद र सम्मानपत्र प्रदान गर्नुभयो । त्यस
अवसरमा १० हजार राशिको ‘पार्वता तमु स्मृति पुरस्कार’ प्रितम तमुलाई र २० हजार राशिको ‘धनबहादुर तमु
स्मृति पुरस्कार’ रत्नबहादुर तमुलाई प्रदान गरिएको थियो भने समाजसेवी नवीन तमुलाई सम्मानपत्र प्रदान
गरिएको थियो ।

त्यस्तै, १० हजार राशिको ‘उत्कृष्ट आमा अवार्ड’
डम्मरकुमारी तमुलाई प्रदान गरिएको थियो । आफ्ना छोरा कृष्ण तमुलाई सामुदायिक विद्यालयमा पढाएर पनि गत
वर्षको एसएलसी परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल भएकामा उत्कृष्ट आमा अवार्डबाट डम्मरकुमारीलाई
पुरस्कृत गरिएको बताइएको छ ।

गत वर्षको एसएलसी परीक्षामा तमु
छात्रछात्रामध्ये सर्वोत्कृष्ट अङ्क ल्याउने सामुदायिक र निजी विद्यालयका पाँच विद्यार्थीलाई स्वर्ण पदक
र नगद १५ हजार रुपैयाबाट पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा सामुदायिक विद्यालयतर्पm दीपक माध्यमिक
विद्यालय रिसिङ तनहुँका छात्र सागर गुरुङ र महेन्द्र मावि धादिङकी छात्रा मुना तमु हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई