मङ्सिर ९, युएई । सुरक्षा गार्डको रुपमा ४ महिना अघि युएई आएका १४ जना नेपाली संयुक्त अरब एमिरेट्स (युएई)को अलऐनमा अलपत्र परेका छन् । उनीहरुलाई कम्पनीले काम नद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ९, युएई । सुरक्षा गार्डको रुपमा ४ महिना अघि युएई आएका १४ जना नेपाली संयुक्त अरब एमिरेट्स (युएई)को अलऐनमा अलपत्र परेका छन् । उनीहरुलाई कम्पनीले काम नद"/>
2026-09-24 08:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईको अलऐनमा १४ नेपाली अलपत्र

मङ्सिर ९, युएई । सुरक्षा गार्डको रुपमा ४ महिना अघि युएई आएका १४ जना नेपाली संयुक्त अरब एमिरेट्स (युएई)को अलऐनमा अलपत्र परेका छन् । उनीहरुलाई कम्पनीले काम नदिएपछि अलपत्र परेका हुन् ।

काठमाडौंस्थित पुरानो बानेश्वरमा रहेको डेस्टिनी प्लेसमेन्ट सर्भिस म्यानपावर मार्फत प्रतिव्यक्ति झन्डै २ लाख ५० हजारदेखि ३ लाख रूपैयाँसम्म तिरेर आएका उनीहरुले करार पत्रमा भनेअनुसार काम नपाएको बताएका छन् । युएईमा रहेको एक सेक्युरिटी कम्पनीमा काम लगाइदिने भन्दै म्यानपावरले आफूहरुले पठाएको उनीहरूले बताए । अलपत्र पर्नेहरुमा चितवनका अमृत भुजेल, जोगनारायण चौधरी थारु, सुनिल थारु, पवन अधिकारी, विष्णु सिलवाल र आशिष चौधरी छन् भने भोजपुरका खेमराज कटुवाल, मोरङका बिनोद चौहान, गोरखाका हरिराम थापा मगर र नारायण थापा मगर छन् । त्यस्तै उदयपुरका भोजप्रसाद दनुवार, नवलपरासीका नारायण दत्त भट्ट, सुन्दर बिके र बर्दियाका प्रदिप शर्मा ढकाल रहेका छन् ।

उनीहरुले महिनामा चार दिन बिदासहित दैनिक १२ घण्टा काम गरे बापत १७ सय ८२ दिराम्स अर्थात झन्डै साढे ५२ हजार तलब पाउने भनेर नेपालमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । तर कम्पनीले चाँडै नै काम लगाउने भन्दै राखेर ४ महिनासम्म कुनै काम नदिएको बरु उल्टै नेपाल फर्काउने धम्की दिने गरेको उनीहरूले बताए । अलपत्र परेका नेपालीले आफूहरुलाई युएई पठाउने म्यानपावर एजेन्सीलाई करार पत्रमा भनेअनुसार काम युएई आएर नपाएको भन्दै पटक-पटक जानकारी गराउँदा समेत वास्ता नगरेको बताएका छन् ।

यता म्यानपावर सञ्चालक सुमन श्रेष्ठले आफू दुई-तीन दिन भित्रमा युएई आउने र काममा लगाउने भन्दै महिनौ कुराएको पीडितहरूले झापाली समाज युएई सङ्गको भेटमा बताए । झापाली समाज युएईले पीडितलाई भेटेर तत्काल आवश्यक पर्ने खाद्यान्न सामग्री उपलब्ध गराएको छ। झापाली समाज युएई अल ऐन क्षेत्रीय समितिको आगुवाइमा गएको टोलीले सबै पीडितलाई भेटेर  खाद्यान्न वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी