सन्तोषकुमार गुप्ता, मंसिर १० देउखुरी । नेशनल माईक्रोफाईनान्स बित्तीय संस्था लिमिटेडको २७ औँ शाखा कार्यालयको बिहिबार अर्घाखाँचीको जलुके—६ सातमारा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता, मंसिर १० देउखुरी । नेशनल माईक्रोफाईनान्स बित्तीय संस्था लिमिटेडको २७ औँ शाखा कार्यालयको बिहिबार अर्घाखाँचीको जलुके—६ सातमारा"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अर्घाखाँचीको सातमारामा बित्तिय संस्थाको उद्घाटन

१० मंसिर २०७३, शुक्रबार ०३:३१

सन्तोषकुमार गुप्ता, मंसिर १० देउखुरी । नेशनल माईक्रोफाईनान्स बित्तीय संस्था लिमिटेडको २७ औँ शाखा कार्यालयको बिहिबार अर्घाखाँचीको जलुके—६ सातमारामा उद्घाटन गरिएको छ । २०७१ साल असार १८ गते धादिङ जिल्लाको धादिङबेसीमा केन्द्रिय कार्यालय स्थापना गरी कारोबार शुरु गरेको उक्त संस्थाले २७ औँ शाखाको स्थापना गरी कारोबार शुरु गरेको छ । स्रोत र साधनको सुविधाको पहुँचबाट टाढा रहेका दुरदराज ग्रामिण बस्तीहरुमा आफ्नो बित्तीय सेवा मार्फत आर्थिक तथा समाजिक स्तर उठाउन संस्थाले गाउँ कार्यलय स्थापना गरी समूह गठन गरी समूहमै बचत ऋण कारोबार सञ्चालन गदै आएको संस्थाका कार्यकारी अधिकृत रामबहादुर यादवले जानकारी दिए ।

नेशनल माईक्रोफाईनान्स बित्तीय संस्था लिमिटेडले हाल सम्म नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक र मेघा बैंक लगायत सात वटा बैंक तथा बित्तीय संस्थाहरुबाट प्रबद्र्धित उक्त संस्थामा २४ हजार भन्दा बढी शेयर धनी भएको बैंकको हाल सम्म ३२ हजार बढी घरपरिवारलाई सेवा प्रदान गदै आएको संस्थाका कार्यकारी अधिकृत यादवले जानकारी दिए । संस्थामा हाल सम्म १ अरब बढी कर्जा प्रबाह, १५ करोड बचत गर्न सफल भएको संस्थाले जनाएको छ । अर्घाखाँची, दाङ र प्यूठान जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाई समूह मार्फत कारोबार सञ्चालन गर्ने गरी शाखा कार्यालय स्थापना गरिएको संस्थाका कार्यकारी अधिकृत यादवले जानकारी दिए ।


शाखा कार्यालयको रिबन काटेर उद्घाटन गर्दै दाङ देउखुरी क्षेत्र नम्बर २ की सांसद शुशिला चौधरीले यस्तै संस्थाका समूहहरुमा काम गदै जाँदा आफू व्यवस्थापिका संसदको सभासद् हुँदै सांसद बनेको अनुभव सुनाईन् । कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी सांसद चौधरीले आज पनि ग्रामिणबस्तीहरुमा महिला सशक्तिकरणको आवश्यकता भएको हुँदा यस क्षेत्रका महिलाहरुका लागि अर्घाखाँची कै सांसदहरु संग भेटेर यस बिषयमा छलफल चलाउने बताईन् । महिलाहरुलाई आर्थिक, सामाजिक रुपमा आत्मनिर्भर बनाउन बित्तीय संस्थाहरुले नाफामुखी मात्र नभई सेवामुखी भई सेवा प्रबाह गर्न सुझाव समेत दिईन् । उद्घाटन कार्यक्रमको बिशिष्ट अतिथीको आसनबाट बोल्दै अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जिल्लाको दुर्गम तथा सेवाले मध्यम तथा बञ्चित रहेको यस क्षेत्रमा आफू प्रमुख जिल्ला अधिकारी आए पछि पहिलो पटक आएको बताउँदै कटवालले जिल्लाका सम्पूर्ण राजनितिकदलहरु संग यस क्षेत्रको विकासका बिषय छलफल गरी पुन आउने बताए ।  

संस्था संग आवद्ध नर्ती महिला समूहकी अध्यक्ष जोगमति चौधरीको अध्यक्षतामा भएको शाखा उद्घाटन कार्यक्रममा राप्ती उद्योग बाणिज्य संघ भालुवाङका संस्थापक अध्यक्ष होमप्रसाद शर्मा, स्थानिय समाजसेवी अकबर अलि, स्थानियबासी गिता केसी, नेपाल पत्रकार महासंघ प्यूठानका शाखा अध्यक्ष गिरु भ्ण्डारी, पत्रकारद्धय केपी घिमिरे र बिदुर एमसी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नवनिर्मित सातमारा शाखा प्रमुख भक्तनारायण चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन फाईनान्स आईटिभी बिभागीय प्रमुख शेषनारायण पोख्रेलले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु