२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

धौलागिरि लोकताराको उपाधी कस्ले पाँउला फाईनल प्रतियोगिता फागुन ८ गते

२२ माघ २०७२, शुक्रबार १५:०४

माघ २२, म्याग्दी । धौलागिरिका नव प्रतिभाको खोजिका लागि आयोजना गरिएको
“धौलागिरि लोकतारा” को सेमिफाईनलमा २० जना प्रतियोगी प्रवेश गरेका छन् । म्याग्दी, बागलुङ, पर्वत र
मुस्ताङका ३६ जना प्रतियोगि मध्ये मंगलबार बेनीमा भएको दोस्रो चरणको अडिसनबाट २० जना प्रतियोगि छनौट
भएका छन् । म्याग्दी रमाईलो साँझ बेनी को आयोजना र अमर संसार म्युजिक प्रा लि को सहआयोजनामा धौलागिरि
लोकतारा प्रतियोगिता–२०७२ को आयोजना गरिएको हो ।

लोक
संंस्कृतिको संरक्षण गर्दै नवप्रतिभाको पहिचानका लागि पहिलो पटक अञ्चलका सबै जिल्ला समेटेर धौलागिरी
लोकतारा आयोजना गरिएको हो । बेनीमा सम्पन्न दोस्रो चरणको अडिसनबाट निम्न नव प्रतिभा छनौट भएका छन्

परि पुन मगर बागलुङ, शक्ति छिनाल म्याग्दी, सफल परियार पर्वत, सिता रसाईली म्याग्दी, मेनुका
थापा बागलुङ, विकास फगामी म्याग्दी, तारादेवी पुन म्याग्दी, लोकप्रसाद गर्वुजा म्याग्दी, लोकेन्द्र
नेपाली बागलुङ, अमृता विश्वकर्मा म्याग्दी, कृष्ण नेपाली पर्वत, सावित्री थापा म्याग्दी, हरिकला थापा
बागलुङ, सुशिल पौडेल बागलुङ, प्रजु विश्वकर्मा म्याग्दी, रमेश परियार म्याग्दी, मनमाया घर्ति म्याग्दी,
अमृत चापागाई पर्वत, विष्णु जुग्जाली म्याग्दी र प्रविना पुर्जा पर्वत बिच धौलागिरि लोकताराको उपाधी
कस्ले पाँउलान ।

सेमिफाईनल फागुन ७ गते जिल्ला विकास समितिको हलमा र फाईनल प्रतियोगिता ८ गते गते
रुचि चलचित्र मन्दिर हल बेनीमा हुने सहआयोजक अमर संसार म्युजिक प्रालिका अध्यक्ष अमर खत्रीले जानकारी
दिए । तेस्रो चरणको अडिसनबाट उत्कृष्ट १० छनौट गरिने समेत खत्रीले बताए । प्रतियोगितामा बिजयी हुनेले
नगद रु २५ हजार, ट्रफि र प्रमाणपत्र सहित एउटा एल्बममा स्वर दिने अवसर पाउनेछन् । त्यस्तै उपविजेता
हुनेलाई नगद रु १५ हजार र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । त्यस्तै सान्त्वना हुने तिन जनालाई समेत
सम्मान गरिने आयोजकले जनाएको छ ।

– अमर खत्री बाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य