२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इटहरीमा बृहत् औद्योगिक प्रदर्शनी हुने

१० मंसिर २०७३, शुक्रबार ०५:१३

मङ्सिर १०, इटहरी । प्रथम उद्योग दिवस–२०७३ को अवसर पारेर प्रदेश नम्बर १ को महत्वपूर्ण शहर इटहरीमा आगामी मङ्सिर २२ देखि २६ गतेसम्म पाँचदिने लघु उद्योगबाट उत्पादित प्रदेश १ स्तरीय बृहत् औद्योगिक प्रदर्शनी मेला आयोजना हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुनसरी, उद्योग वाणिज्य सङ्घ सुनसरी, इटहरी, जिल्ला लघु उद्यमी सङ्घ, सुनसरीको आयोजना तथा जिविस सुनसरी, घरेलु तथा साना उद्योग कार्यालय, इटहरी तथा इटहरी र धरान उपमहानगरपालिका लगायतको सहयोगमा उक्त बृहत् औद्योगिक प्रदर्शनी मेला हुने बिहीबार इटहरीमा आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइयो ।

प्रदेश नम्वर १ को तराई तथा पहाडी जिल्लामा उत्पादन हुँदै आएका महत्वपूर्ण लघु घरेलु उत्पादनका सामग्रीको सघन सहभागिता गराइने औद्योगिक प्रदर्शनीअन्तर्गत सुनसरीको पटेर झल्ला, झापाको पेटानी, इलामको चिया, अलैँची, ताप्लेजुङको गलँैचा, खाँडी कपडा, धनकुटाको बाँस हस्तकला र फलफूल, भोजपुरको खुकुरी र करुवा, तेह्रथुमको ढाका, सङ्खुवासभाको अल्लो राडीपाखी लगायतका सामग्री प्रदर्शनीमा रहने बताइएको छ ।

घरेलु तथा साना उद्योगका प्रचुर दर्ता र हजारौँ मानिसले रोजगार प्राप्त गरिरहेको औद्योगिक सघनता रहेको सुनसरी जिल्लाका उद्यमीले पर्याप्तरुपमा बजार पाइरहेको अवस्था नरहेकाले त्यसको प्रवद्र्धन गर्न पनि यो प्रदर्शनी मेला निकै सहयोगी हुने विश्वास गरिएको छ ।

करिब १३ लाख रुपियाँ खर्च हुने प्रदर्शनी मेलामा कम्तीमा ७० वटा स्टल रहने र प्रदर्शनी अवधिमा २० हजार मानिसले प्रदर्शनीको अवलोकन गर्ने तथा त्यस अवधिमा कम्तिमा पनि एक करोडभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको पनि पत्रकारसम्मेलनमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुनसरी अध्यक्ष राजेन्द्रकेशरी घिमिरेले पत्रकारसम्मेलनमा जानकारी दिनुभयो ।

सो अवसरमा इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष लिलम बस्नेतले ‘औद्योगिक क्षेत्रमा लगानी समृद्धिको सुनौलो बिहानी’ भन्ने नाराका साथ गर्न लागिएको यो प्रदर्शनी प्रदेश १ का लागि ऐतिहासिक बन्ने दावी गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य