मंसिर १०, पोखरा । पोखरामा भ्रष्टाचार विरुद्धको अभियानमा सक्रिय संस्था सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीको अध्यक्षमा सुन्दर गुरुङ चयन भएका छन् । शुक्रवार प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १०, पोखरा । पोखरामा भ्रष्टाचार विरुद्धको अभियानमा सक्रिय संस्था सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीको अध्यक्षमा सुन्दर गुरुङ चयन भएका छन् । शुक्रवार प"/>
२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सुनास कास्कीको अध्यक्षमा सुन्दर गुरुङ

२०७३, १० मंसिर शुक्रबार ११:२८

मंसिर १०, पोखरा । पोखरामा भ्रष्टाचार विरुद्धको अभियानमा सक्रिय संस्था सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीको अध्यक्षमा सुन्दर गुरुङ चयन भएका छन् । शुक्रवार पोखरामा भएको संस्थाको पाँचौ अधिवेशनले गुरुङको नेतृत्वमा सर्वसम्मत ९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । संस्थाको उपाध्यक्षमा प्रा.डा वेदनाथ शर्मा, सचिवमा वुद्धि मल्ल, सहसचिवमा माया गुरुङ, कोषाध्यक्षमा रवीन्द्र वाँस्तोला चयन भएका हुन्  । यसैगरी सदस्यहरुमा दीपेन्द्र श्रेष्ठ, श्यामनाथ कुँवर, राजेन्द्र वाटाजु र खगेन्द्रदेवी घिमिरे पनि सर्वसम्मत चयन भएका छन् । नवनिर्वाचित सुनासका अध्यक्ष सुन्दर गुरुङले पोखरा र आशपासको क्षेत्रमा भ्रष्टाचार विरुद्धको अभियान थप सशक्त वनाउने प्रतिवद्धता व्यक्त गरे  । उनले सवै तहका नागरिकहरुको साझा सहकार्यले मात्रै भ्रष्टाचार न्यूनिकरण गर्न सकिने बताए ।

अधिवेशनको उद्घाटन गर्दै, ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका पूर्वृउपाध्यक्ष एवं संस्थाका सल्लाहकार आनन्दराज मुल्मीले देशमा मौलाउदो भ्रष्टाचार न्यूनिकरणका लागि नागरिक समाज थप सशक्त वन्नुपर्ने वेला आएको बताए । संस्थाका अध्यक्ष पुण्य पौडेलले सुशासनको क्षेत्रमा काम गर्नु कठिन कार्य भएको भन्दै, भ्रष्टाचार विरुद्धको अभियान अझै वढाउनुपर्नेमा जोड दिए  । कार्यक्रममा शान्तिको लागि नागरिक समाज संजाल कास्कीका संयोजक ढाकाराम पौडेल, पूर्वसंयोजक विष्णु वराल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी