२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कर्णेल जेपिक्रस अन्तरविद्यालय छात्र/छात्रा बास्केटबल प्रतियोगिता जारी

४ फाल्गुन २०७२, मंगलवार १४:०६

फागुन ४, पोखरा ।

– मंगलबार ७ खेल सम्पन्न

कास्की जिल्ला बास्केटबल सङ्घको आयोजनामा पोखरामा जारी १३ औं संस्करणको कर्णेल जेपिक्रस अन्तरविद्यालय
छात्र÷छात्रा बास्केटबल प्रतियोगिता अन्र्तगत मंगलबार ७ खेलहरु सम्पन्न भएका छन ।

पोखरा रंगशालामा मंगलबार भएको पहिलो खेलमा डाईमण्ड उच्च माविले जित दर्ता गरेको
छ । डाईमण्डले एस.ओ.एस. हर्मनमाईनरलाई २३–२२ को स्कोरले पराजित गरेको हो । डाईमण्डको जितमा शुशिल
गर्रवुजाले १२ स्कोरको योगदान दिए । किरण छन्त्यालको १७ स्कोरको मद्धतले दोश्रो खेलमा मनकामना बोडिङले
वालकल्याणलाई ३०–८ को स्कोरको अन्तरले पराजित गरेको छ ।

तेश्रो
खेलमा माउण्ट अन्नपूर्ण उच्च माविले कास्की मोडनाईजलाई ३२–१६ को स्कोरले पराजित गर्यो । माउण्ट
अन्नपूर्णको जितमा महेन्द्र पुनले ११ स्कोरको योगदान दिए ।


कुमुदीनि होम्स उच्च माविले पोखरा युनाईटेडलाई २६–२१ को स्कोरले पराजित गर्यो । क्ुमुदीनि
होम्सको जितमा पृतम गुरुङले १२ स्कोरको योगदान दिए । सुजन गुरुङको १२ स्कोरको मद्धतले टप्स उच्च माविले
वालकल्याण
स्कुललाई ३ स्कोरको बिरुद्ध ४५ स्कोरको विशाल अन्तरले पराजित गरेको छ ।

छात्रतर्फको मंगलबार भएको अन्तिम खेलमा लिटिल स्टेप उच्च माविले डाईमण्ड उच्च
माविलाइ ४०–१८ को स्कोरले पराजित गरेको छ । लिटिल स्टेप उच्च माविको जितमा सुजन भुजेलले १८ स्कोरको
योगदान दिए ।

त्यसै गरी मंगलबार छात्रा तर्फ एक खेल मात्र
भयो । माउन्ट अन्नपुर्णले कास्की मोडनाईजलाई २ को बिरुद्ध २६ स्कोरको विशाल अन्तरले पराजित गरेको हो ।
माउन्ट अन्नपुर्णको जितमा हिरा पुनले ८ स्कोरको योगदान दिईन । त्यसै गरी बुधबार लिग चरणका ७ खेल हुने
भएको संघका अध्यक्ष नेत्र बहादुर शेनले बताए ।

–  दिननाथ बराल
बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य