2026-10-14 06:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्वास्थ्य बिमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

पूर्णबहादुर खड्का/मङ्सिर ११, बयालपाटा । स्वास्थ्य बिमा सम्बन्धी अभिमुखिकरण एक कार्यक्रम आज बयालपाटा अस्पतालमा सम्पन्न भएको छ । 

स्वास्थ्य बिमाको बारेमा जानकारी दिने उद्देश्यले अभिमुखिकरणको आयोजना गरिएको थियो । सामाजिक स्वास्थ्य विकास समिती अन्र्तगतको स्वास्थ्य विमा अभिमुखिकरणको आयोजना गरिएको थियो । स्वास्थ्य बिमा कार्यक्रम पहिलो चरणमा कैलाली, बाग्लुगं र ईलाममा सुरु गरिएको थियो । 

दोश्रो चरण अन्र्तगतको स्वास्थ्य विमा कार्यक्रम अब नेपालका २५ जिल्लामा संचालन गर्ने तयारी भईरहेको कार्यक्रममा जानकारी गराईएको थियो । राष्टिय स्वास्थ्य बिमा निति २०७१ अनुसार यस कायक्रमले नेपाली जनताको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्नु यस कार्यक्रमको दिर्घकालिन लक्ष्य रहेको बताईएको छ । 

गुणस्तरिय स्वास्थ्य सेवाको पहँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बिमाको आधारमा सबैका लागी स्वास्थ्य सेवा सुनिश्चित गर्नु यस नितिको मुख्य उदेश्य रहेको छ । अछाम जिल्लामा पनि स्वास्थ्य बिमा कार्यक्रम संचालनका लागी सदरमुकाम मंगलसेनमा पनि कार्यालय स्थापना गरिएको कार्यक्रमका प्रशिशक्षक पूर्ण थापाले जानकारी दिनुभयो । 

स्वास्थ्य बिमा कार्यक्रमको बारेमा परियोजना म्यानेजर जनक अधिकारी र झपट बोहराले जानकारी गराउनु भएको थियो । सामाजिक स्वास्थ्य विकास समिती अन्र्तगतको स्वास्थ्य विमाको आयोजना तया बयालपाटा अस्पतालको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो । 

अस्पतालका मेडिकल निर्देशक डाक्टर विकाश गौचनको अध्यक्षतामा भएको कार्यक्रमको समापन गर्दै उहाँले स्वास्थ्य विमा कार्यक्रमले स्वास्थ्यमा महत्वपूर्ण सुधार ल्याउने भनाई राख्नु भयो । साथै उहाँले यस कार्यक्रमले विकट तथा ग्रामिण क्षेत्रका जनताको स्वास्थ्यमा पहँचु पुग्ने भन्दै कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । आम नागरिक बिरामी पर्दा यस कार्यक्रमले आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले कार्यक्रम प्रभावकारी हुनेमा डाक्टर गौचनले विश्वास व्यक्त गर्नुभयो । 

अछाम जिल्लामा पुष महिना पछि कार्यक्रम संचालन गरिने बताईएको छ । सामुदायिक स्वास्थ्य कार्यक्रमका उपनिर्देशक लालबहादुर कुवँरको समन्वय तथा सहकार्यमा बयालपाटा अस्पतालमा स्वास्थ्य विमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ८० भन्दा बढीको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश