स्थानिय युवाहरुलाई सूचना प्रविधिको पहुचमा पुर्याँउने र युवाहरुमा सकारात्मक सन्देश प्रवाह गर्दै रचनात्मक क्रियाकलापमा अग्रसर गरा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

स्थानिय युवाहरुलाई सूचना प्रविधिको पहुचमा पुर्याँउने र युवाहरुमा सकारात्मक सन्देश प्रवाह गर्दै रचनात्मक क्रियाकलापमा अग्रसर गरा"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

फुर्सदीला युवाहरु युवा सूचना केन्द्रमा

१२ मंसिर २०७३, आईतवार ०१:३५

कमल रावल | मङ्सिर १२, अछाम |


स्थानिय युवाहरुलाई सूचना प्रविधिको पहुचमा पुर्याँउने र युवाहरुमा सकारात्मक सन्देश प्रवाह गर्दै रचनात्मक क्रियाकलापमा अग्रसर गराँउने उद्देश्य सहित जिल्लाको दुनी गाविसको चौखुट्टे बजारमा युवा सूचना केन्द्रको स्थापना गरिएको छ । 

जुनतारा युवा क्लव दुनीको सक्रियतामा सेभ द चिल्डेनको सहयोगमा वाक नेपालद्धारा सञ्चालित युवा सशक्तिकरण परियोजनाको ३ लाख ५० हजारको लागतमा सूचना केन्द्र स्थापना गरिएको हो । संस्थाले उपलब्ध गराएको बजेटवाट युवा क्लवले ५ ओटा कम्प्यूटर खरिद गरि सूचना केन्द्रमा राखेर बेरोजगार र क्यारेमका गोटी चलाँउने युवाहरुलाई कम्प्यूटर शिक्षा प्रदान गराईरहेको छ । सूचना केन्द्रमा दैनीक रुपमा दर्जन बढी युवाहरु बिभिन्न जाँनकारी लिनका लागि आँउने गर्दछन भने कम्प्यूटर तालिम पनि लिईरहेका छन । 

युवा क्लवले संस्थावाट पाएको सहयोगले सूचना केन्द्रमा आवस्यक फर्निचर लगायत अन्य ब्यावस्थापन, युवासंग सम्वन्धित बिभिन्न पुस्तकहरु, पत्रपत्रिका, लोकसेवा तयारीका पुस्तकहरु समेत राखेर युवाहरुलाई आर्कषित गरेको छ । यसवाट युवाहरुले फुर्सदको समयको सदुपयोग गर्दै बिभिन्न ज्ञान सीप लिईरहेको युवा क्लवका अध्यक्ष सुरेश आउजीले बताए । सूचना केन्द्र स्थापना गरि युवाहरुले रचनात्मक अभियानको सुरुवात गरेको भन्दै स्थानिय सरोकारवाला पनि दंग छन । जिल्लामा जिल्ला युवा संजालले पछिल्लो समय युवाहरुलाई संगठीत गर्दै नेतृत्व विकास, क्षमता विकास, सीप विकास र युवा सहभागिताका लागि बिभिन्न गतिविधी गरेपश्चात युवाहरुमा जागरण आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो