शिव
न्यौपाने/ फागुन ६, पोखरा । यातायात ब्यवसायिहरूको बिवादका कारण पोखरासहित गण्डकी अञ्चलका
लाखौं यात्रुले फेरि बिहिबारबाट सास्ती भोग्नुपर्ने भएको छ ।
नेपाल यातायात ब्यवसायि राष्ट्रिय महासघ गण्डकी अञ्चल समितिले पोखरामा रूट ईजाजत पाएको
विन्दवासिनि बस यातायात ब्यवसायि समितिको सस्थासहित रूट पर्मिट खाजेरिको माग राख्दै बिहिबार देखि गण्डकी
क्षेत्रमा अनिश्चितकालीन चक्का जामको घोषणा गरेको छ ।
अञ्चल
समितिको अगुवाइ मा बुधबार यश क्षेत्रका सार्वजनिक यातायातका सवारी साधन सञ्चालन नहुदा धेरै यात्रु
मर्कामा परेका थिए । गिरफ्तार परेका २ जना ब्यवसायिहरूको रिया बिना आफुहरूको आन्दोलन नरोकिने र बार्ता
समेत नहुने अञ्चल समितिद्धारा गठित आन्दोलनका प्रवत्ता योगेन्द्र केसिले बताए ।