सास । मंसिर ११, बर्दिया ।

बार्दली फाउण्डेसनले गत कात्तिक २७ देखि शुरु गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्तीको पक्षियव्यापी कार्यक्रमको शनिवार नेपालगञ्जमा देवकोटाद्धारा रचित कविता र गीतहरुको प्रतक्ष्य संगी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर ११, बर्दिया ।

बार्दली फाउण्डेसनले गत कात्तिक २७ देखि शुरु गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्तीको पक्षियव्यापी कार्यक्रमको शनिवार नेपालगञ्जमा देवकोटाद्धारा रचित कविता र गीतहरुको प्रतक्ष्य संगी"/>

2026-09-18 09:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

महाकविलाई बार्दलीबाट चिहाउँदा आँखाभरी आँशु

सास । मंसिर ११, बर्दिया ।

बार्दली फाउण्डेसनले गत कात्तिक २७ देखि शुरु गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्तीको पक्षियव्यापी कार्यक्रमको शनिवार नेपालगञ्जमा देवकोटाद्धारा रचित कविता र गीतहरुको प्रतक्ष्य संगीतमय गायन प्रस्तुतीका साथ समापन गरेको छ ।


पूर्व प्राज्ञ तथा साहित्यकार सनत रेग्मी र समाजसेवी नर्बदा शर्माले देवकोटाको फोटोमा दिप प्रजवलन गरि उद्घाटन गर्नुभएको कार्यक्रमको आयोजना बार्दली फाउण्डेसनले गरेको थियो । 

साहित्यकार ऋचा लुइटेलले उपथित सम्पूर्णलाई स्वागत गर्दै देवकोटाको जीवनी र उनको योगदानको विषयमा डकुमेन्ट्री प्रस्तुत गरि शुरु भएको थियो । डकुमेन्ट्रीले सम्पूर्ण उपस्थित व्यक्तित्वहरुलाई निकै भावुक बनाएको थियो । 

कुन मन्दिरमा जान्छौ यात्री‘.., झिम्क न झिम्क चमचम तारा‘‘, मान्छे खोजे घरघर मैले‘., आज गाउँ गाउँ लाग्यो‘, सियोको टुप्पोले मुटु बिझ्यो‘लगायतका दर्जन बढी गितहरु यस क्षेत्रका स्थापित  तथा नव प्रतिभाहरुबाट गायन प्रस्तुत गरिएको थियो । गायक दिपक सल्मानी, प्रभात सुवेदी, प्रतिज्ञा भुसाल, महेन्द्र सेढाई, साबित्री अधिकारी, कविता क्षेत्री, प्रेक्षा रिमालले गायन प्रस्तुत गरेका थिए भने बाद्यवादनमा कीबोर्ड तथा संगीत संयोजनतर्फ पूर्ण थापा, तबलामा भरत थापा, हारमोनियममा दिपक सल्मानी, गिटारमा शास्वत मल्लले साथ दिनु भएको थियो ।


कार्यक्रमको सहजीकरण गर्नुहुँदै बार्दलीका अध्यक्ष भोजराज शर्मा ‘नादिर’ ले साहित्य, संगीत र प्राज्ञिक चिन्तनलाई सँगसँगै लैजाने र अबका पुस्ताहरुमा हाम्रा मौलिक कला र संस्कृतिलाई हस्तान्तरण गर्ने उद्देश्यका साथ बार्दली अगाडि बढिरहेको बताउनुभयो । 

बार्दलीले गत कार्तिक २७ गतेदेखि नै विभिन्न विद्यालयहरुमा गई देवकोटाका योगदानका साथै उनी प्रति समर्पित कविताहरुको प्रतियोगिता आयोजना गरेको थियो । यसरी सम्पन्न गरिएको प्रतियोगितामा प्रथम धम्बोझी उमाविका दिपक न्यौपाने, द्वितीय विश्व प्रकाश कोइराला, तृतिय यम गिरी र सान्तवना सिंह राज रोकाया र पुजा चन्दलाई युनाइटेड नेपाल पब्लिकेसनका क्षेत्रीय निर्देशक मुकुट ढकालले पुरस्कार वितरण गर्नु भएको थियो ।


यसअघि पहिलो बार्दली श्रृंखलामा मदन पुरस्कार विजेता अमर न्यौपानेलाई प्रस्तुत गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई