मंसिर १२ पर्वत ।पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा  पाँचौ पर्वत महोत्सव सफल पार्नको लागि यतिबेला तिब्र रुपमा कामको थलानी हुदैछ ।
    विभिन्न ४६ वटा उपसमिति निर्माण गरी उद्योग बाणिज्य संघ पर्वतले कामको जिम्मेवारी बाँडफाँड गरी महोत्सवक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
मंसिर १२ पर्वत ।पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा  पाँचौ पर्वत महोत्सव सफल पार्नको लागि यतिबेला तिब्र रुपमा कामको थलानी हुदैछ ।
    विभिन्न ४६ वटा उपसमिति निर्माण गरी उद्योग बाणिज्य संघ पर्वतले कामको जिम्मेवारी बाँडफाँड गरी महोत्सवक"/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाचौ पर्वत महोत्सवको तयारी तिब्र

१२ मंसिर २०७३, आईतवार ०५:५९


मंसिर १२ पर्वत ।पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा  पाँचौ पर्वत महोत्सव सफल पार्नको लागि यतिबेला तिब्र रुपमा कामको थलानी हुदैछ ।
    विभिन्न ४६ वटा उपसमिति निर्माण गरी उद्योग बाणिज्य संघ पर्वतले कामको जिम्मेवारी बाँडफाँड गरी महोत्सवको तयारीलाई तिब्र        पारेको जनाएको छ । शनिवार पत्रकार सम्मेलन गरी उवासंघले जिल्लाको धामिर्क तथा पर्यटकीय क्षेत्रको विकास तथा लघुउद्यमको प्रर्वद्धनका लागि महोत्सवको आयोजना गरिएको जनाएको छ ।
    माघ १३ देखि २२ गतेसम्म हुने भनिएको पर्वत महोत्सव सफल बनाउनको लागि उवासंघले विभिन्न उपसमिति निर्माण गरी जिम्मेवारी तोकेको जनाएको छ ।
    विगतको बर्षका महोत्सवभन्दा पाँचौ पर्वत महोत्सव तथा पश्चिमाञ्चल औद्योगिक व्यापार मेला फरक र पृथक हुने उवासंघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक हरिओम शर्मा लामिछानेले बताए ।             समृद्ध पर्वत हाम्रो चाहाना भन्ने मुल नाराका आयोजना हुन लागेको पर्वत महोत्सव जिल्लाको पर्यटन बिकास, व्यापार, पर्यटन,संस्कृति प्रवद्र्धन र आर्थिक बिकास लगायतको क्षेत्रमा महत्वपुर्ण योगदान गर्ने बिश्बास लिएको अध्यक्ष शर्माले बताए । महोत्सवमा २ सय वटा विभिन्न प्रकारका स्टलहरु रहनुको साथै २ लाख दर्शक कार्यक्रममा भित्राउने योजना रहेको आयोजकले जनाएको छ ।
     १० दिनसम्म चल्ने महोत्सवमा २ करोडको कारोबार हुने महोत्सव आर्थिक समितिले जनाएको छ । महोत्सवमा झण्डै २ करोडको कारोबार हुने र ४० लाख खुद नाफा निकाल्ने योजनामा         रहेको आर्थिक समितिका संयोजक तथा उवासंघका बरिष्ठ उपाध्यक्ष गोपी अधिकारीले बताए । आम्दानी भएको रकम जिल्लाको खेलकुद विकासको लागि खर्च गर्ने आयोजकले जनाएको छ ।
महोत्सवको उदेश्य के छ ?
जिल्लामा भएका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासको लागि आयोजना हुन लागेको महोत्सव जिल्लाको पर्यटकीय क्षेत्रको विकासमा केन्द्रित छ । यहि माघ १३ देखि २२ गतेसम्म कुश्माबजारको खत्री टोलमा संचालन हुदैछ ।         महोत्सवमा समग्र पश्चिमाञ्चल विकास क्षेत्रको पर्यटन प्रवद्र्वन गर्ने, पर्वत जिल्लाका ऐतिहासीक, धार्मीक तथा पर्यटकिय स्थलहरुको प्रचार प्रसार, जिल्लामा उत्पादित वस्तुहरुको प्रवद्र्वन तथा प्रचार प्रसार, महोत्सवबाट वचत रकमले खेलकुद क्षेत्रको बिकास र कुश्मा बजारमा सिटिहल निर्माण, लोक संस्कृतिको संरक्षण, सम्वद्र्वन र प्रवद्र्वन गर्ने , स्थानिय उत्पादन,उद्योग, व्यापार र व्यवसायको विस्तार साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पहिचान गराउने,प्रदेश नं ४ को मुख्य पर्यटकीयनगरी अन्र्तगत कुश्मा बजारलाई पनि स्थापित गर्ने  महोत्सवले उदेश्य राखेको छ ।
महोत्सवमा केके छ ?
१० दिनसम्म चल्ने महोत्सवमा जिल्लामा रहेका विभिन्न प्रकारका झाँकी प्रर्दशनी, खुल्ला पुरुष भलिवल प्रतियोगिता, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, छेलो प्रतियोगिता, खुल्ला दौड, स्थानिय घरेलु उत्पादनहरुको विक्री तथा औद्योगिक प्रद्र्धशनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य वस्तूहरुको उचित मुल्यमा विक्री, शैक्षिक प्रद्र्धशनी, कृषी प्रद्र्धशनी, फोटो प्रद्र्धशनी, प्रत्येक दिन फरक–     फरक राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती, उत्कृष्ट स्टल लाई पुरस्कारको व्यवस्था, चमेनागृह तथा              रेष्टुरेन्टको व्यवस्था रहेको छ ।             त्यस्तै, बाल उद्यान, प्रशिद्ध गुप्तेश्वर तथा अल्पेश्वरगुफा, कुश्मा वलेवा यान्त्रिकपुल एवं नेपालका  सबैभन्दा अग्ला ३ वटा झोलुङ्गेपुलहरुको अवलोकन , स्थानीय अल्लोका कपडा, लोक्ताको नेपाली कागज हस्तकलाका सामाग्रीहरु, सुन्तला, जुस, मह, जडिबुटी, अदुवा क्यान्डीे प्रदर्शनी, प.उ.वा.संघद्धारा संचालित एक गाऊ एक उत्पादन कार्यक्रम वाट उत्पादीत लप्सी अचार, क्याण्डी, जाम लगायतका लप्सीका परिकारहरुको बिक्रि तथा प्रदर्शनी गर्ने , जिल्लाको लोक संस्कृतिमा     आधारित झाकी प्रदर्शनी, सूचना प्रबिधि संम्वन्धी जानकारी, संघका सदस्यहरु, लघु घरेलु तथा महिला उद्यमीहरुको सामाग्रीहरुको स्टल भाडामा १०% छुटको व्यवस्था लगायतका मुख्य गतिविधि      हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली