मङ्सिर १३, युएई । सारजाहमा रहेको एक स्थानीय नागरिकको घरमा हाउसमेडको रुपमा काम गर्ने बुटवलकी सुनमाया थापा दुई वर्ष जेलमा  बसिन । 

सुनमाया"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १३, युएई । सारजाहमा रहेको एक स्थानीय नागरिकको घरमा हाउसमेडको रुपमा काम गर्ने बुटवलकी सुनमाया थापा दुई वर्ष जेलमा  बसिन । 

सुनमाया"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा यसरी पनि समस्यामा परिन्छ ! जानी राखौ

१३ मंसिर २०७३, सोमबार ०९:५३


मङ्सिर १३, युएई । सारजाहमा रहेको एक स्थानीय नागरिकको घरमा हाउसमेडको रुपमा काम गर्ने बुटवलकी सुनमाया थापा दुई वर्ष जेलमा  बसिन । 

सुनमायासँगै एउटै घरमा काम गर्ने इन्डोनेसियन महिलाले अबैध रुपमा गर्भधारण गरेको रहेछ । मायालाई यासबारे थाहा थिएन । पेट देखिन लागेपछि उनले चाल  पाइन् । अवैध रुपमा गर्भधारण भएकाले बच्चा जन्माउन समस्या थियो । त्यसैले मायाले आफ्नो सहकर्मी इण्डोनेसियन महिलाई सम्झाइन र घरेलु विधी मार्फत भ्रुण फाल्न शुझाब दिईन । पछि गर्भ तुहाएकोबारे घर मालिकले थाहा पाए र प्रहरीकहाँ उजुरी गरे । 

अदालतले कानुन विपरित काम गरेको भन्दै इन्डोनेसियन महिलालाई आजिवन जेल सजाय सुनायो । मायालाई पनि गलत काममा गर्न उक्साएको भन्दै पक्राउ गरेर दुई वर्ष जेल सजाय दिइयो । उनि गएको तिहारका बेला नेपाल फर्किन । 

घरेलु कामदारका रुपमा दुवईमा कार्यरत झापाकी ठूलीमाया अहिले जेलमा हुनुहुन्छ । उनको जिम्मेवारी बच्चा हेर्ने थियो । गएको महिना १३ महिने बच्ची रेलिङबाट खसिन । उनको घटनास्थलमै ज्यान गयो । बच्चा राम्रोसँग नहेरेको भन्दै ठूलीमाया विरुद्ध मुद्धा दर्ता भयो । उनि अहिले दुवईको जेलमा रहेकी छिन । 

सारजाहको रोला पार्कमा कुम जोडेर बसेका जोडीहरु पक्राउ पर्न थालेका छन् । पार्कमा बसेर अनैतिक क्रियाकलाप गरेको भन्दै प्रहरीले त्यस्ता जोडीलाई पक्राउ गर्ने गरेको छ । त्यसरी पक्राउ पर्नेमा नेपाली कामदारसमेत छन् । 

रक्तिमका गायक जीवन शर्मा आएको कार्यक्रममा सहभागी हुन सारजाहमा कार्यरत अर्घाखाँचीका राजु खड्का पनि दुवई आएका थिए । शुक्रबार दुवईमा पार्किङको समस्या हुन्छ । त्यसैमाथी साथीभाइलाई सहयोग गरिएन भने धेरै कुरा सुन्नु पर्ने । 

त्यसैले खड्काले आफ्नै गाडीको चावी आफ्नै सहयात्री नुवाकोटका रविन्द्र लामालाई दिएर क्यारिफोरमा सौच गर्न गए । रक्तिम कार्यक्रममा जान चाहने नेपालीलाई बरदुवई बसपार्कबाट कार्यक्रमस्थलसम्म जाँदा सँगै लगेर सहयोग गर्ने उद्देश्यले उनले नजिकका साथीहरुलाई गाडीमा राखेका थिए । फर्केर आउँदा गाडीभित्र बसेका कोही थिएनन । 

उनीहरुलाई सिआइडीले पक्राउ गरेको रहेछ । सडक तथा यातायात हेर्ने निकाय आरटीए र  सीआइडी आएर उनीहरुसँग परिचयपत्र माग्दा नदिएपछि उनीहरुलाई पक्राउ गरियो । र पछि अवैध रुपमा मान्छे राखेर भाडा असुलेको भन्दै जरिवाना बापत रसिद काटिदियो । पछि राजुले जरिवाना त तिर्नुपरेन तर धेरै झञ्झट बेहोर्नुपर्यो । 

युएईमा नचिनेका मानिस र भाडा लिएर निजी गाडीमा ओसारपसार गर्न पाईदैन । कसैले त्यसो गरेको पाइएमा २० हजार देखी ४० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ । उज्यालोनालाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान