माग बढेसंगै मुल्य पनि बढ्यो

नरी बडु, मंसिर १३ बैतडी । 

मह उत्पादनमा ख्याति प्राप्त बैतडी जिल्लामा यसपाली उत्पादन घटेपछि ब्राण्डेड महको मूल्य गाउमै किलोको ८ सय रुपैंया पुगेको छ ।

विगतम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माग बढेसंगै मुल्य पनि बढ्यो

नरी बडु, मंसिर १३ बैतडी । 

मह उत्पादनमा ख्याति प्राप्त बैतडी जिल्लामा यसपाली उत्पादन घटेपछि ब्राण्डेड महको मूल्य गाउमै किलोको ८ सय रुपैंया पुगेको छ ।

विगतम"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

बैतडीको ब्राण्डेड मह किलोको आठ सय

१३ मंसिर २०७३, सोमबार १४:१३

माग बढेसंगै मुल्य पनि बढ्यो

नरी बडु, मंसिर १३ बैतडी । 


मह उत्पादनमा ख्याति प्राप्त बैतडी जिल्लामा यसपाली उत्पादन घटेपछि ब्राण्डेड महको मूल्य गाउमै किलोको ८ सय रुपैंया पुगेको छ ।

विगतमा टीन र डिब्बामा खन्याएर बेचिने बैतडीको मह यसपाली किसानहरु समुहमा आवद्ध भएर उत्पादन गर्न थालेपछि प्याकिन, म्याद निर्धारण र गुणस्तरको बारेमा जानकारी सहितको “बैतडीको मह” ब्राण्डको नाम दिएर प्रतिकिलो आठ सयका दरले बेचिदैछ ।


“यहिले जिल्लामै प्याकिङ लगायत सबै काम गरेर मह निकासि गरीरहेका छौँ” लघु उद्यमी संघ बैतडीका अध्यक्ष तथा माहुरीपालक किशासन इन्द्रदेव सरण भट्टले भने ।

महको माग ह्वात्तै बढेको र तुलनात्मक रुपमा उत्पादन नबढेकाले मुल्या एक्कासि आकासिएको भट्टको भनाई छ । आफुहरु अबका दिनमा उत्पादन बढाएर मुल्य घटाउने प्रयासमा रहेको उहाँको भनाई छ ।

माहुरीपालन बढेपनि उत्पादन कम हुदा बर्षेनी मूल्य बढ्दै गएको हो । गतबर्ष प्रतिकिलो ६ सयमा बिक्रि भएको थियो । उत्पादन घटेकाले बजारमा मह आउन सकेको छैन ।

८ सय किलोका दरले किन्न गाँउमै ग्राहक आउने गरेको कृषकहरुको भनाई छ ।
बैतडीको श्रीकेदार, श्रीकोट, सित्तड, थलाकाडा, सिगास, शिवलिंग, दुर्गाभवानी, दशरथचन्द नगरपालिका लगायतका क्षेत्रमा माहुरी पालन हुदै आएको छ ।
जिल्लाभर एक हजार ५ सय भन्दा बढी माहुरी पालक किशानहरु रहेको लघु उद्यमी समूह संघको तथ्यांक छ । ती मध्ये छ सय जना कृषक उद्यमी समूहमा आवद्ध छन् ।

धेरैजसो कृषकले ५ देखि १० घारसम्म माहुरी पालेका छन् । सबैलाई समूह र सहकारी मार्फत आवद्ध गराउन सके कृषक र ग्राहक दुवैलाई फाईदा हुने संघको धारणा छ । ‘आशा गरे अनुसार उत्पादन नहुदा महको मूल्य बढेको हो, माग बढी भएकाले मूल्य ७ सय राख्न खोजेपनि सकिएको छैन ।’

अध्यक्ष ईन्द्रदेव भट्टले भने, ‘छरिएर रहेका समूह र सहकारीबाट संकलन गरी बिक्रि गर्न सके कृषक र उपभोक्ता दुवैलाई फाईदा हुनेछ ।’
यहाँको मह भारतको उत्तराखण्डका साथै नेपालको तराई र काठमाण्डौंसम्म जाने गरेको छ ।

केही ठाउमा गोलो बनाएर भाग्ने, घार भित्रै मर्ने, कमिला लाग्ने लगायतका समस्या आएको कृषकहरु भनाई छ । यो वर्ष ५० प्रतिशत उत्पादन घटेको कृषकहरुको अनुमान छ । बैतडीमा ९० टन सम्म मह उत्पादन हुन्छ ।


यहाँको मह पुर्ण आर्गानिक हुने भएकाले माग बढेको हो । “उपभाक्ताहरुले फिल्टर गरेको मह भन्दा चाका सहितको मह किन्न रुचाउने गर्दछन तर चाकाको महमा उपभोक्ताहरुलाई घाटा हुन्छ” जिल्लाको दशरथचन्द नगरपालिका ४ पल्लाचौँडालीका माहुरीपालक किसान बासुदेव भट्टले भने ।


उपभोक्ताले किसानप्रतिको अविश्वासले चाका सहितको मह किनेपनि उक्त महमा रहेको चाका खान योग्य नहुने भएकाले उपभोक्तालाई घाटा हुने गरेको उहाँको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु