पूर्णबहादुर खड्का । मङ्सिर १३, अछाम ।

रेडियोको प्रबन्धक पदमा को नियुक्त हुन्छ भन्दा सबैको उत्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णबहादुर खड्का । मङ्सिर १३, अछाम ।

रेडियोको प्रबन्धक पदमा को नियुक्त हुन्छ भन्दा सबैको उत्त"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामको रेडियो रामारोशनको प्रबन्धक पदमा भगेरा चरी नियुक्त

१३ मंसिर २०७३, सोमबार १७:०७

पूर्णबहादुर खड्का । मङ्सिर १३, अछाम ।

रेडियोको प्रबन्धक पदमा को नियुक्त हुन्छ भन्दा सबैको उत्तर पत्रकारीता गरेको मान्छे अथवा अरु कुनै पनि मान्छे भनेर भन्नु हुन्छ होला तर अछाम जिल्लामा यस्तो नभई एउटा अच्चमको कुरा भएको छ । तपाई यो कुरा सुने पनि पत्याउनु हुन्न होला तर रेडियो रामारोशनमा यस्तै भएको छ । 

भगेरा जातको चरालाई रेडियो रामारोशन एफ.एम. ९२ मेगाहर्जको प्रबन्धक पदमा नियूक्त गरिएको छ । रेडियोको संचालक समितीको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले रेडियो रामारोशन एफ एमको मंगलसैन नगरपालिका ६ , ठुलासैन स्थित प्रसारण केन्द्रको भवन परिसरमा एक बर्ष देखी नियमित रुपमा बसिरहेको भगेरा रुपमती ( गुयडा ) लाइ मिति २०७३ मंसिर १३ गते देखी लागु हुने गरी मानार्थ रेडियो प्रबन्धक पदमा नियुक्त गरिको छ । बन्यजन्तुको सरंषणका लागी सरकारी क्षेत्र, गैरसरकारी क्षेत्र सहित सरोकारवालाको ध्यानाकर्षण गर्न बन्यजन्तु सहीत पशुपंछीको समेत संरक्षणका लागी सांकेतीक दवाव सृजना गर्न रेडियो रामारोशन एफ एम ९२ मेघाहर्जको सञ्चालक समितिको हैसियतले यस्तो निर्णय गरेको रेडियोका कार्यकारी निर्देशक बेदप्रकाश तिमिल्सैनाले बताउनु भयो । 

बास स्थानको विनास, विसादीको प्रयोग, चोरी सिकारी र सञ्चारका उपकरण जस्तै टेलीफोनका टावरमा जडान गरिएका उपकरणका बिकिरणले प्रकृतीको कुचिकार गिद्ध, रामारोशन क्षेत्रमा पाइने डाँफे, खरमजुर र भगेरा लगायतका पंछी अछाम जिल्लामा अति संकटपन्न अवस्थामा पुगेकाले यस्तो दवावमुलक निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।  पसुपंछीको संरक्षणमा अछाम जिल्लामा राज्यको ध्यान पुग्न नसकेको ,सरकारी तथा गैरसरकारी क्षेत्र बेखवर रहेकाले प्रकतीका गहना पंछी संरक्षणमा समयमै सरोकारवालाको ध्यान जान सकोस भन्ने उद्धेस्यले यस्तो निर्णय गरिएको रेडियोले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की