दलसिंह गिरी/मङ्सिर १४, कालिकोट । विप्लव नेतृत्व नेकपा माओवादीका केन्द्रिय प्रवक्ता खडक विश्वकर्माले नेपालमा अहिले बनेको संविधान कुनै हालतमा कार्यान्वय हुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी/मङ्सिर १४, कालिकोट । विप्लव नेतृत्व नेकपा माओवादीका केन्द्रिय प्रवक्ता खडक विश्वकर्माले नेपालमा अहिले बनेको संविधान कुनै हालतमा कार्यान्वय हुन"/>
2026-09-16 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्नालीको समग्र विकासको निम्ति उल्लेख्य योगदान पुर्याएको पूर्वमन्त्री विश्वकर्माको दावी

दलसिंह गिरी/मङ्सिर १४, कालिकोट । विप्लव नेतृत्व नेकपा माओवादीका केन्द्रिय प्रवक्ता खडक विश्वकर्माले नेपालमा अहिले बनेको संविधान कुनै हालतमा कार्यान्वय हुन नसक्ने बताउनु भएको छ । 

नेपाली जनताको पहिचान र आवश्यकता विपरित विदेशीको इशारामा बनेको संविधान सर्वहारा नेपाली जनताले कुनै हालतमा कार्यान्वय गर्न नदिने भन्दै यस्तो कुरा बताउनु भएको हो । 

क्रान्तिकारी पत्रकार संगठन कालिकोटले सोमवार जिल्ला सदरमुकाम मान्ममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय प्रवक्ता विश्वकर्मा अहिले भारतको इसारामा संविधान संशोधनको हल्ला चलिरहेको आरोप लगाउनु भएको छ । भारतले मधेशी नेताहरुलाई उचालेर संविधान संशोधनको रटान लगाएको र अर्कोतिर नेपाली सर्बहारा बर्गको हितमा संविधान नबनेकाले न कार्यान्वय न संशोधन कुनैपनि कार्य हुन नसक्ने बताउनु भएको छ ।

कालिकोट जिल्लाको सदरमुकाम मान्ममा यहि मंसिर १४ गते हुन लागेको जनसभाको सम्बोधनका लागि आफ्नो गृह जिल्ला कालिकोट आउनु भएका विश्वकर्माले अहिलेका प्रधानमन्त्री एवं तत्कालिन नेकपा माओवादीका अध्यक्ष प्रचण्डले शर्वहारा बर्गको आवश्यकतालाई कुल्ची सरकार संचालनको लोभमा जनमुक्ति सेना बिघठनको नाममा १६ हजार शहिदको रगत माथि रजाई गरेको बताउदै अब जनसेना आफ्नो साथमा रहेको बताउनु भएको छ । देशमा मौलाउदो भष्ट्राचार बारे बताउदै आफ्नो पार्टीले भष्ट्राचारी नियन्त्रण अभियानलाई पनि एक प्रमुख एजेण्डाको रुपमा लिई भ्रष्टाचारीलाई कालोमोसो दल्ने अभियान थाली सकेको बताउनु भएको छ । 

संविधान सभाको पहिलो निर्वाचनबाट कालिकोटका प्रत्यक्ष निर्वाचित सभासद एवं पूर्व पर्यटन तथा नागरिक उड्यनमत्री बिश्वकर्माले कर्नालीको समग्र विकासको निम्ति कर्नाली विकास आयोग, कर्नाली पर्यटन विकासका लागि गुरु योजना, लगाएका विविध क्षेत्रमा आफुले उलेख्य योगदान पु¥याएको दावी समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल