२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा पहिलो पटक पोर्क फेस्टिभल हुने

१९ फाल्गुन २०७२, बुधबार ०४:०९

फागुन १९, पोखरा । पोखरामा पहिलो पटक पोर्क फेस्टिभल हुने भएको छ । पोर्क
सेतो स्वस्थ मासु भन्ने मुल नाराका साथ आगामी चैत्र ५ देखि ७ गते सम्म बंगुर ब्यवशायी संघ कास्कीको
आयोजनामा पोखरा रंगशालामा पोर्क फेस्टिभलको आयोजना गरिने भएको हो ।

मंगलबार पोखराको बुद्धचोकमा रहेको नमस्ते रेष्टुरेण्टमा आयोजना गरिएको पत्रकार सम्मेलनमा
वोल्दै बंगुर ब्यवशायी संघ कास्कीका अध्यक्ष छ्याम बहादुर थापाले ब्यवशायीक बंगुरको प्रवद्र्धन र
बंगुरबाट बन्ने विभिन्न खानाको परिकारको प्रवद्र्धनका लागी पोखरामानै पहिलो पटक पोर्क फेस्टिभलको आयोजना
गर्न लागिएको वताए ।
pp

बंगुरपालन क्षेत्र तथा बंगुरजन्य व्यवसायको
प्रबद्र्धन र विकासका लागी महोत्सवले ठूलो टेवा पु¥याउने वताउदै थापाले लिन सेतो पोर्कको बजारीकरण गर्न
बंगुर काट्न अघि र काटि सकेपछि निरिक्षण गरि बिक्रि वितरण गर्न, बंगुर उत्पादनका लागि आहाराको विकास एवं
गोठ सुधार, यान्त्रीकरणका लागि प्रोत्साहन पोर्कका विभिन्न परिकारहरु रेष्टुरेन्ट तथा होटेलहरुमा समावेस
गर्नका लागि बंगुरपालनमा व्यवसायिकरणका लागि प्रबद्र्धन गर्ने उद्देश्यका साथ महोत्सवको अयोजना गर्न
लागिएको वताए ।

तीन दिन सम्म सञ्चालन हुने उक्त महोत्सवमा बंगुर
उत्पादनका लागि ब्रिडर फार्म, उपकरण, दाना, औषधि, वित्तिय संस्था तथा प्राविधिक परामर्श,बंगुरको बधशाला
तथा प्रशोधनका स्टलहरुमा पोर्कको विविधिकरण, पोर्कका विभिन्न परिकारका स्टलहरु, सेफद्वारा परिकारहरुकोे
प्रदर्शन रहने थापाको भनाइ रहेको थियो ।

६० वटा स्टल रहने
महोत्सवमा पोर्क बंगुरको मासुबाट बन्ने विभिन्न खानाका परिकारहरुको बिक्री तथा प्रदर्शनी हुने छ ।
त्यस्तै महोत्सवमा विभिन्न जातजातिका नृत्य तथा झाकीहरु, लोक तथा दोहोरी गीत, नृत्य, संगित,
कनसर्ट
तथा विभिन्न प्रतियोगिताहरु रहने आयोजकले जनाएको छ ।

महोत्सवमा नेपाल सरकार, पशुपंक्षी विकास मन्त्रालय, पशु सेवा विभाग, केन्द्रिय बंगुर तथा
कुखुरा प्रबद्र्धन कार्यालय पशु उत्पादन निर्देशनालय क्षेत्रिय पशु सेवा निर्देशनालय, व्यवसायिक कृषि
तथा व्यापार आयोजना, जिल्ला पशु सेवा
कार्यालय, कास्की नेपाल कृषि अनुसन्धान परिषद, सिप्रेड,
सामर्थको सहयोग रहने छ ।

गिता राना मगर बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य