2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा पहिलो पटक पोर्क फेस्टिभल हुने

फागुन १९, पोखरा । पोखरामा पहिलो पटक पोर्क फेस्टिभल हुने भएको छ । पोर्क
सेतो स्वस्थ मासु भन्ने मुल नाराका साथ आगामी चैत्र ५ देखि ७ गते सम्म बंगुर ब्यवशायी संघ कास्कीको
आयोजनामा पोखरा रंगशालामा पोर्क फेस्टिभलको आयोजना गरिने भएको हो ।

मंगलबार पोखराको बुद्धचोकमा रहेको नमस्ते रेष्टुरेण्टमा आयोजना गरिएको पत्रकार सम्मेलनमा
वोल्दै बंगुर ब्यवशायी संघ कास्कीका अध्यक्ष छ्याम बहादुर थापाले ब्यवशायीक बंगुरको प्रवद्र्धन र
बंगुरबाट बन्ने विभिन्न खानाको परिकारको प्रवद्र्धनका लागी पोखरामानै पहिलो पटक पोर्क फेस्टिभलको आयोजना
गर्न लागिएको वताए ।
pp

बंगुरपालन क्षेत्र तथा बंगुरजन्य व्यवसायको
प्रबद्र्धन र विकासका लागी महोत्सवले ठूलो टेवा पु¥याउने वताउदै थापाले लिन सेतो पोर्कको बजारीकरण गर्न
बंगुर काट्न अघि र काटि सकेपछि निरिक्षण गरि बिक्रि वितरण गर्न, बंगुर उत्पादनका लागि आहाराको विकास एवं
गोठ सुधार, यान्त्रीकरणका लागि प्रोत्साहन पोर्कका विभिन्न परिकारहरु रेष्टुरेन्ट तथा होटेलहरुमा समावेस
गर्नका लागि बंगुरपालनमा व्यवसायिकरणका लागि प्रबद्र्धन गर्ने उद्देश्यका साथ महोत्सवको अयोजना गर्न
लागिएको वताए ।

तीन दिन सम्म सञ्चालन हुने उक्त महोत्सवमा बंगुर
उत्पादनका लागि ब्रिडर फार्म, उपकरण, दाना, औषधि, वित्तिय संस्था तथा प्राविधिक परामर्श,बंगुरको बधशाला
तथा प्रशोधनका स्टलहरुमा पोर्कको विविधिकरण, पोर्कका विभिन्न परिकारका स्टलहरु, सेफद्वारा परिकारहरुकोे
प्रदर्शन रहने थापाको भनाइ रहेको थियो ।

६० वटा स्टल रहने
महोत्सवमा पोर्क बंगुरको मासुबाट बन्ने विभिन्न खानाका परिकारहरुको बिक्री तथा प्रदर्शनी हुने छ ।
त्यस्तै महोत्सवमा विभिन्न जातजातिका नृत्य तथा झाकीहरु, लोक तथा दोहोरी गीत, नृत्य, संगित,
कनसर्ट
तथा विभिन्न प्रतियोगिताहरु रहने आयोजकले जनाएको छ ।

महोत्सवमा नेपाल सरकार, पशुपंक्षी विकास मन्त्रालय, पशु सेवा विभाग, केन्द्रिय बंगुर तथा
कुखुरा प्रबद्र्धन कार्यालय पशु उत्पादन निर्देशनालय क्षेत्रिय पशु सेवा निर्देशनालय, व्यवसायिक कृषि
तथा व्यापार आयोजना, जिल्ला पशु सेवा
कार्यालय, कास्की नेपाल कृषि अनुसन्धान परिषद, सिप्रेड,
सामर्थको सहयोग रहने छ ।

गिता राना मगर बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई