मंसिर १४, पोखरा । मंसिरको तेस्रो हप्ता पोखरामा मञ्चन हुन लागेको नाटक एक रुपैयाँको तयारी पुरा भएको छ । “नाटकको उत्थान हाम्रो अभियान” भन्ने उद्घोषका साथ पञ्चा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर १४, पोखरा । मंसिरको तेस्रो हप्ता पोखरामा मञ्चन हुन लागेको नाटक एक रुपैयाँको तयारी पुरा भएको छ । “नाटकको उत्थान हाम्रो अभियान” भन्ने उद्घोषका साथ पञ्चा"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नाटक ‘एक रुपैयाँ’ मञ्चनको तयारी पुरा

२०७३, १४ मंसिर मंगलवार ०५:१८


मंसिर १४, पोखरा । मंसिरको तेस्रो हप्ता पोखरामा मञ्चन हुन लागेको नाटक एक रुपैयाँको तयारी पुरा भएको छ । “नाटकको उत्थान हाम्रो अभियान” भन्ने उद्घोषका साथ पञ्चामृत नाट्य समुह पोखराले यही मंसिर  १७ र १८ गते आफ्नो तेस्रो प्रस्तृतीका रुपमा पोखरामा मञ्चन गर्न लागेको  नाटक एक रुपैयाँको तयारी पुरा भएको जनाएको छ । 

आयोजक पञ्चामृत नाट्य समुह पोखराले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी मंसिर १७ गते शुक्रबार र १८ गते शनिबार दुई दिन पोखरा उधोग बाणिज्य संघको सभाहलमा नाटक एक रुपैयाँ मञ्चन हुने जानकारी दिएको हो ।

कृष्ण उदासीको लेखन तथा निर्देशन रहेको नाटक एक रुपैयाँमा दिल प्रसाद गुरुङ, परिवर्तन, सवु पाठक, सितला अधिकारी, आशिष अधिकारी, रमेशबाबु तिमल्सिना, विवश बाबु, निलम तामाङ, ममता कार्कीको अभिनय रहने छ । नाटकको  सह–निर्देशन विष्णु प्रसाद गौतमले गरेका छन् भने प्रबन्धकमा उज्वल रेग्मी रहेका छन् । 

मञ्च व्यवस्थापनको जिम्मा हेमन्त हितेषीले लिएका छन् भने भेषभुषा र श्रृंगारमा दिपकमान उदास र कोरीयोग्राफि निलम तामाङले गर्ने नाटकका सयोजक तथा पञ्चामृत नाट्य समुहका अध्यक्ष परिबर्तनले जानकारी दिए । नाटकको संगित संयोजन दिल गुरुङ्ग र सुजित मान सिंहले गर्ने छन् भने नाटकमा उद्घोषकको जिम्मा बिष्णु बसौलाले लिएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै संयोजक परिबर्तनले नाटक एक रुपैयाँमा मनोरञ्जन भन्दा अभिनयलाई प्राथमिकता दिएका बताए  । उनले भने “बाध्यताले कसरी मानिसलाई गलत कार्य गर्न उत्पेरित गर्दछ भन्ने कुरा नाटक मार्फत देखाउन खोजका छौँ । गाँउबाट शहर झरेका ४ जना युवती कसरी डान्सबारमा डान्स गरी दैनिक गुजारा गर्न बाध्य हुन्छन् भन्ने कुरालाई नाटक मार्फत पस्कने प्रयास गरेका छौँ”।  

नाटकका लेखक तथा निर्देशक उदासीले  आफ्नो मनोरञ्जनको लागि लाखौ रुपैयाँ खर्च गर्न सक्ने धनाड्य युवाहरु र आफ्नो अनि परिवारको भविष्य सुन्दर हुने अपेक्षाका साथ पैसाका लागि जे पनि गर्न तयार हुने युवतीको वास्तविक कथाको फ्युजन नाटक एक रुपैयाँ  रहेको बताए । 

उनले केही नयाँ र अधिकांश पुराना कलाकारलाई देख्न पाइने बताउदै नाटकमा मनोरञ्जन कम र अभिनय बढी रहेको जानकारी दिए । यस नाटकमा नबिन शिल्प र शैलीको प्रयोग गरीएको भन्दै बिगतका नाटकमा भएका कमि कमजोरीलाई सुधार्दै अगाडी बढेको बताए । 

यस अघि पञ्चामृत नाट्य समुहले गत बैशाखमा नाटक पुलिस र प्यास मञ्चन गरेको थियो भने भदौमा नाटक मौसम हराएको देश सफलता पुर्बक मञ्चन गरीसकेको छ  । समुहले छिटै नै पोखरामा अर्को नाटक पनि मञ्चन गर्ने तयारी गरेको जनाएको छ । पञ्चामृत नाट्य समुहले पोखरामा नाटकघर निर्माण गर्ने लक्ष्य पनि राखेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन