2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अाज देखि पाेखरामा अाैधाेगिक व्यापार मेला सुरू

शिव न्याैपाने/फागुन २१, पाेखरा । अाज देखि पोखराको नयाँबजारमा सुरु
हुने राष्ट्रिय औद्योगिक ब्यापार मेलाको तयारी पूरा भएको छ ।

आयोजक पोखरा उद्योग बाणिज्य संघले हिजाे मेला स्थलमा पत्रकार सम्मेलन गरी मेलाको सबै तयारी
पूरा भएको जानकारी दिएको हो ।

चैत्र १ गतेसम्म
सञ्चालन हुने मेलाको अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । संघका अध्यक्ष बिन्दु
कुमार थापाले मेलाका लागि गठन गरिएको मुल आयोजक समिति र अन्य विभिन्न उपसमितिले आ आफ्नो तयारी पुरा
गरेको जानकारी दिनुभयो । मेलामा जम्मा ३ सय ६ स्टल रहने आयोजकले जनाएको छ ।

यस बर्ष ब्यापार मेलासँगै सुचना प्रविधि मेला पनि सञ्चालन हुने भएको छ । मेला
स्थलमा रहेको डोम भित्र ७८ स्टल सुचना प्रविधि मेलाको लागि छुट्याईएको छ । अन्य स्टल मध्ये मिनि डोम १८,
रेष्टुरेष्ट १५, अटो ४५, मेड इन नेपाल पेभेलियनमा ३५, कृषिको १४, हस्तकलामा १०, फ्लोरिकल्चरमा ६ र ८५
वटा साधारण स्टल रहनेछन् । मेलाको ३ लाख दर्शकहरुले अवलोकन गर्ने र १ करोड ११ लाख रुपैया आम्दानी गर्ने
आयोजकको लक्ष्य छ । मेला सम्पन्न गर्न ८३ लाख ७० हजार खर्च लाग्ने र २७ लाख ५० हजार रुपैया बचत हुने
अनुमान गरिएको छ । क्यान कास्कीसँगको सहकार्यमा सुचना प्रविधि मेला पनि सँगै गर्न लागिएकाले यसपटक
अनलाइन टिकट बुकिङ गर्नेलाई ५० प्रतिशत छुटको व्यस्वस्था समेत गरिएको छ ।

टिकट काटेर मेला प्रवेश गर्ने र सांगितिक कार्यक्रममा उत्कृष्ट नृत्य गर्ने एक
जनालाई गृहलक्ष्मी ग्यास समेत प्रदान गरिने भएको छ । मेला अन्तर्गत २२, २५, २८ र ३० गते उत्कृष्ट नाच्ने
एक जनालाई भरिएको सिलिण्डर ग्यास उपहार प्रदान गरिनेछ । मेलाबाट बचत भएको रकम क्षेत्रीय स्तरको
प्रदर्शनीस्थल पोखरा प्रदर्शनी केन्द्रको पूर्वाधार निर्माणमा विशेष प्राथमिकता प्रदान गरी खर्च गरिने
संघले जनाएको छ ।

टिकट बिक्रीबाट प्राप्त रकमबाट
विगतका वर्षहरुमा थालिएको सामाजिक कार्यलाई निरन्तरता दिँदै पोखराको विकासका लागि चार रुपैया र
संघद्धारा संचालित बालश्रम न्यूनिकरण कार्यक्रमलाई एक रुपैया छुट्याइएको महासचिव रविन्द्र वहादुर
प्रजुले जानकारी दिनुभयो । मेलालाई अर्घाखाँची सिमेण्टले मुख्य प्रायोजन गरेको छ । महोत्सबका बेला पोखरा
आउने पाहुनालाई होटलमा २० प्रतिशत छुटको समेत ब्यबस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई