२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अाज देखि पाेखरामा अाैधाेगिक व्यापार मेला सुरू

२१ फाल्गुन २०७२, शुक्रबार ०१:४९

शिव न्याैपाने/फागुन २१, पाेखरा । अाज देखि पोखराको नयाँबजारमा सुरु
हुने राष्ट्रिय औद्योगिक ब्यापार मेलाको तयारी पूरा भएको छ ।

आयोजक पोखरा उद्योग बाणिज्य संघले हिजाे मेला स्थलमा पत्रकार सम्मेलन गरी मेलाको सबै तयारी
पूरा भएको जानकारी दिएको हो ।

चैत्र १ गतेसम्म
सञ्चालन हुने मेलाको अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । संघका अध्यक्ष बिन्दु
कुमार थापाले मेलाका लागि गठन गरिएको मुल आयोजक समिति र अन्य विभिन्न उपसमितिले आ आफ्नो तयारी पुरा
गरेको जानकारी दिनुभयो । मेलामा जम्मा ३ सय ६ स्टल रहने आयोजकले जनाएको छ ।

यस बर्ष ब्यापार मेलासँगै सुचना प्रविधि मेला पनि सञ्चालन हुने भएको छ । मेला
स्थलमा रहेको डोम भित्र ७८ स्टल सुचना प्रविधि मेलाको लागि छुट्याईएको छ । अन्य स्टल मध्ये मिनि डोम १८,
रेष्टुरेष्ट १५, अटो ४५, मेड इन नेपाल पेभेलियनमा ३५, कृषिको १४, हस्तकलामा १०, फ्लोरिकल्चरमा ६ र ८५
वटा साधारण स्टल रहनेछन् । मेलाको ३ लाख दर्शकहरुले अवलोकन गर्ने र १ करोड ११ लाख रुपैया आम्दानी गर्ने
आयोजकको लक्ष्य छ । मेला सम्पन्न गर्न ८३ लाख ७० हजार खर्च लाग्ने र २७ लाख ५० हजार रुपैया बचत हुने
अनुमान गरिएको छ । क्यान कास्कीसँगको सहकार्यमा सुचना प्रविधि मेला पनि सँगै गर्न लागिएकाले यसपटक
अनलाइन टिकट बुकिङ गर्नेलाई ५० प्रतिशत छुटको व्यस्वस्था समेत गरिएको छ ।

टिकट काटेर मेला प्रवेश गर्ने र सांगितिक कार्यक्रममा उत्कृष्ट नृत्य गर्ने एक
जनालाई गृहलक्ष्मी ग्यास समेत प्रदान गरिने भएको छ । मेला अन्तर्गत २२, २५, २८ र ३० गते उत्कृष्ट नाच्ने
एक जनालाई भरिएको सिलिण्डर ग्यास उपहार प्रदान गरिनेछ । मेलाबाट बचत भएको रकम क्षेत्रीय स्तरको
प्रदर्शनीस्थल पोखरा प्रदर्शनी केन्द्रको पूर्वाधार निर्माणमा विशेष प्राथमिकता प्रदान गरी खर्च गरिने
संघले जनाएको छ ।

टिकट बिक्रीबाट प्राप्त रकमबाट
विगतका वर्षहरुमा थालिएको सामाजिक कार्यलाई निरन्तरता दिँदै पोखराको विकासका लागि चार रुपैया र
संघद्धारा संचालित बालश्रम न्यूनिकरण कार्यक्रमलाई एक रुपैया छुट्याइएको महासचिव रविन्द्र वहादुर
प्रजुले जानकारी दिनुभयो । मेलालाई अर्घाखाँची सिमेण्टले मुख्य प्रायोजन गरेको छ । महोत्सबका बेला पोखरा
आउने पाहुनालाई होटलमा २० प्रतिशत छुटको समेत ब्यबस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली