2026-06-30 07:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जिविस कास्कीको सार्वजनिक सुनुवाइ सम्पन्न

शिब न्यौपाने/फागुन २२, पोखरा
जिल्ला विकास समिति कास्कीले नागरिकलाई प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणको बिषयमा
शुक्रबार घाचोक गाविसको मेघराज निमावीको प्राङगणमा दोश्रो चौमासीक सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ

कार्यक्रममा निमित्त स्थानिय विकास अधिकारी नारयण प्रसाद श्रेष्ठ, सामजिक विकास अधिकृत अर्जुन
न्यौपाने, सव ईन्जिनीयर मनोज कुमार ठाकुर, विषयगत कार्यलयका प्रमुख तथा प्रतिनिधीहरु गाविस सचिवहरु,
राजनितीक दलका प्रमुख तथा प्रतिनिधीहरु गैर सरकारी माहसंघका प्रतिनिधीहरु, पत्रकारहरुको उपस्थीती रहेको
थियो ।

नागरिकलाई प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणको बिषयमा गरीएको सार्वजनिक सुनुवाईमा
स्थानियवासी चित्रनाथ लम्साल, रविलाल पोख्रेल, रामप्रसाद भण्डारी, महिला संजालकी अध्यक्ष टेकन शोभा
गुरुङ, माछापुच्छ्रे गाविस वडा नं ४ का आश कुमार गुरुङ, कृष्ण वहादुर भुजेल, नेकपा एमाले रिवान गाविसका
अध्यक्ष जुम वाहदुर गुरुङ, अन्नपुर्ण संरक्षण क्षेत्र घाचोकका अध्यक्ष केशवराज के.सी लगाएत स्थानिय
वासीन्दाहरुले जिवीस र गाविसवाट प्राप्त सेवा प्रवाह र विकास निर्माणको बिषयमा जिज्ञासा राखेका थिए

स्थानियहरुले योजनाहरु आउंदा कुल तोकिएको रकम कटाउंदा उपभोक्ता समितीहरुलाई काम गर्न अप्ठेरो
परको, जिविस र गाविसमा काम गर्दा एकरुपता नभएको सामजिक सुरक्षा भत्ता समयमा उपलव्ध नभएको, कृषि सेवा
केन्द्र र पशु सेवा कार्यलयले प्रभावकारी काम गर्न नसकेको सार्वजिनक सुनवाई भएपनि त्यसको नतिजा प्रष्ट
रुपमा नआएको लगाएत जिविस कास्कीमा कार्यरत कर्मचारीहरु आफ्नो कार्यकक्षमा नभेटिएको भनि खुलेर चर्को
विरोध गरेका थिए ।

स्थानियको जिज्ञासालाई मेट्दै निमित्त स्थानिय विकास अधिकारी एवंम जिल्ला
प्रमुख ईन्जिनीयर नारयण प्रसाद श्रेष्ठले आगामी दिनमा यस्ता क्रियाकलापलाई निरुत्साहीत गर्दे सक्रिय भई
जनताको सेवामा लागि पर्ने प्रतिवद्धत्ता व्यक्त गर्नुभयो । त्यस्तै सामजिक विकास अधिकृत अर्जुन
न्यौपानेले कहीं कतै जनताका काममा ढिला सुस्ती भए आफुलाई जानकारी गराउने र त्यस्ता गतिवीधी गर्ने जो
कोहिलाई पनि कडा भन्दा कडा कारवाहि गर्ने प्रतिवद्धत्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ