प्रभात सुवेदी । मंसिर १५, बर्दिया ।

न त जून न त तारा ।

मायामा नै सृष्टि सारा ।।

न त काँडा न त फूल ।

माया हैन कुनै भूल ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । मंसिर १५, बर्दिया ।

न त जून न त तारा ।

मायामा नै सृष्टि सारा ।।

न त काँडा न त फूल ।

माया हैन कुनै भूल ।"/>

2026-09-18 09:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

अन्ततः सुर विज्ञानले दियो मायाको परिभाषा यसरी (भिडियो)

प्रभात सुवेदी । मंसिर १५, बर्दिया ।

न त जून न त तारा ।

मायामा नै सृष्टि सारा ।।

न त काँडा न त फूल ।

माया हैन कुनै भूल ।।


पछिल्लो समयमा बर्दियाको माटोले धेरै सुर चिन्न सक्ने कलाकाहरु जन्माएको छ । यसरी जन्मिनुमा निरन्तरको मिहिनेत र साधना एकातिर छँदैछ भने अर्कोतिर यो माटोको चिनारीका लागि केही गरौँ भन्ने भावनाले पनि साथ दिएको हो ।

यसैबीच पछिल्लो समयमा सङ्गीतको औपचारिक अध्ययनसँगै आफूलाई आधुनिक सङ्गीतको तीनओटै विधामा खरो उतार्न अब्बल देखिएका छन् बर्दियाली गायक केदार नेपाली । बर्दियाको कालिका गाविस वडा नं. ५ शितलाबजारमा घर भएका केदारले हालै मात्र मायाको परिभाषा आफ्नै शब्द, स्वर र सङ्गीतका माध्यमबाट दिन सफल भएका छन् भने सङ्गीत संयोजन दिनेश न्यौपानेले गरेका छन् ।  


रश लाईट मिडिया मार्फत उनले यो गीतलाई युट्युवमा सार्वजनिक गरेका छन् । अत्यन्तै उत्कृष्ट म्युजिक भिडियो रहेको यो गीतमा विकेश बज्राचार्य र रमिता भण्डारीको अभिनय रहेको छ भने यसको दृश्य रेकर्डिङ सुमित नेपालीले गरेका छन् । दृश्य सम्पादन भने दीपक विष्टको रहेको छ । रायन कार्कीको निर्देशन रहेको यो गीतको म्युजिक भिडियो अत्यन्तै आकर्षक बनेको र गीत पनि आम दर्शक तथा श्रोताहरुलाई मन पर्ने सर्जक केदार नेपालीले बताए ।

आँधी भाग १ र २ जोगी बनायो  जस्ता गीति एल्बमहरु निकालिसकेका केदार नेपालीको यो गीतले अझ साङ्गीतिक उचाई थप गर्ने कुरामा आशावादी हुन सकिन्छ । 

गीतको भिडियो यस्तो छ :




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई