2026-10-14 06:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदूरपश्चिममै दोश्रो एमएलपी तालिम बयालपाटा अस्पतालमा हुँदै

पूर्णबहादुर खड्का/मंसिर अछाम । बयालपाटा अस्पतालमा ५औँ ब्याजका लागी मध्यम स्तरिय अभ्यास (एमएलपी) तालिम सुरु हुने भएको छ । 

यसअघि ४ वटा ब्याजले तालिम लिईसकेको छन भने अब ५ औँ ब्याजका लागीको तालिम संचालनका तयारी भईरहेको छ ।  सदुरपश्चिमका विभिन्न जिल्लाबाट गरेर ८ जनाको सहभागितामा एक व्याज बनाई तालिम संचालन हुने गरेको छ ।

सरकारी सेवामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागी तालिम संचालन हुने गरेको छ । सुदूरपश्चिममै दोश्रो तालिम क्षेत्रका रुपमा संचालन हुदै आएको यस बयालपाटा अस्पतालमा यस अघी ४ वटा व्याजले तालिम लिईसकेका छन । बयालपाटा असपताल बाहेक सेती अञ्चल अस्पताल धनगढीमा पनि तालिम सुरु हुदै आईरहेको छ । 

टिम अस्पताल र महकाली अञ्चल अस्पताललाई तालिमको क्षत्रेका रुपमा सिफारिस भएपनि त्यस क्षेत्रमा प्रशिक्षकको अभावका कारण तालिम संचालन हुन सकेको थिएन । देशका बिभिन्न ११ वटा ठाँउमा गरेर यो तालिमको आयोजना हुने गरेको बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर विकास गौचनले जानकारी दिनुभयो ।

३ महिनाको कोर्ष अनुरुप तालिम संचालन हुने गेरको समेत उहाँले बताउनु भयो । डाक्टर गौचनका अनुसार सरकारी क्षेत्रमा काम गर्ने एच ए र सामुदायिक स्वास्थ्य सहायक (सिएमए) का लागी यो तालिमको आयोजना हुने गरेको छ । 

ग्रामिण क्षेत्रको स्वास्थ्य सेवालाई प्रभावकारी र सदृढ बनाउनुका साथै त्यस क्षेत्रमा काम गर्ने कार्यकर्तालाई सबल बनाउन यो तालिमको आयोजना भईरहेको उहाँको भनाई छ ।  निक्क साईमन ईन्सिच्यूटको मुल्यांकन पछि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले प्रशिक्षण केन्द्रको रुपमा बयालपाटा अस्पताललाई सिफारिस गरेको थियो । तद अनुसार गत साउनबाट मध्यम स्तरिय अभ्यास तालिम सुरु गरिएको थियो । यसअघि सम्पन्न तालिमका सहभागीले आफुले सिकेको कुरा आफ्नो काम गर्ने ठाँउमा लागु गर्ने प्रतिबद्धता गरेका थिए ।

चौथौ ब्याजमा सहभागी जिल्ला स्वास्थ्य कार्यालय अछामका जन स्वास्थ्य निरिक्षक झपट ढुंगानाले तालिम थुप्रै कुरा सिकाएको यो अब व्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै उहाँले बयालपाटा अस्पताल अछाम लगायत विभिन्न १२ वटा जिल्लाको पायक पर्ने ठाँउ भएकाले अझै प्रभावकारी सेवा र थप सुबिधा दिनुपर्ने बताउनु भयो । अस्पतालमा अहिले छिमेकी जिल्ला बाट समेत बिरामी आउने गरेका छन । 

एक अर्को प्रसंगमा उहाँले यो अस्पतालल सुदूरपश्चिमै उत्कृष्ट भएको भन्दै यसलाई मेडिकल कलेजको रुपमा स्थापित गर्न पहल गर्नु पर्ने बताउनु भयो । बयालपाटा अस्पताललाई प्रशिक्षण केन्द्रको रुपमा स्थापना गर्न सकार देखी सम्बन्धीत विभिन्न निकायसंग समन्वय सहकार्य गरेपश्चात यो सम्भव भएको अस्पतालका मेडिकल निर्देशक डाक्टर विकास गौचनले बताउनु भयो । 

अस्पतालको सेवालाई अझ गुणस्तरिय बनाउन आफुले विभिन्न निकायसंग सहकार्य गर्दै आएको उहाँको भनाई छ । 

अबको केही दिनमै मध्यम स्तरिय अभ्यास तालिमको ५ औँ व्याज सुरु गरिने समेत उहाँले बताउनु भयो । अहिलेसम्मका ब्याजहरुमा चौँथो व्याज उत्कृष्ट रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश