२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सरकारी कार्यालयबाट प्रदान हुने सबै सेवा ३ दिनसम्म बारला गाबिसमा

२०७३, १५ मंसिर बुधबार ०९:४९

कमल रावल/मङ्सिर १५, मसिर । जनताको घरदैलोमै पुगि सेवा प्रदानका साथ ३ दिने ऐकिकृत घुम्ती शिविर जिल्लाको विकट गाबिस वारलामा सम्पन्न भएको छ । 

सरकारी कार्यालय बाट जिल्लाम प्रदान हुने सेवा ३ दिन सम्म बारलाको तिखापातलमा बाट प्रदान गरिएको थियो । जनतालाई जिल्लामा आउन अप्ठयारोका साथै कम खर्चहोस भन्ने उद्देश्यका साथ जनताको दैलोमै गएर सेवा दिईएको बताईएको छ । 

ऐकिकृत घुम्ती शिविर मार्फत बारला क्षेत्रका जनताले थुप्रै सेवा लिएका छन । ३ दिनको अवधिमा शिविरमा ४ सय ५ जनालाई नेपाली नागरिकता वितरण, २८ जनालाई प्रतिलिपि, स्वास्थ्य कार्यालय अन्र्तगत ४६ जना गर्भवती महिलाको भिडियो एक्सरे जाँच, १ जना पुरुषको बन्ध्याकरण भ्याक्सेक्टोमिका साथै १ सय २ जनालाई सामान्य स्वास्थ्य प्रदान गरिएको शिविरका संयोजक तथा अछामका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषालले बताउनु भयो । 

यस्तै महिला तथा बालबालिका कार्यालयबाट १२ जनालाई अपांगता परिचय पत्र वितरण, कृषि विकास कार्यालयबाट किसानलाई उन्नत खाले तरकारीको विउँ बिजन वितरण तथा पशु कार्यालयबाट पशुपक्षीको उपचार उहाँले बताउनु भयो । 

जिल्ला निर्वाचन कार्यालय बाट नयाँ नागरिकता लिएका ३ सय ९१ जनाको फोटो सहितको मतदाता नामावलिमा नाम संक्लन गरिएको छ । सडक र यातायातको असुविधाका कारण जिल्ला सदरमुकामबाट निकै दुर्गममा परेका अछामको बारला, काँलेकाँडा, लयाटी तथा पुल्लेतोला क्षेत्रका सयौं बासिन्दाले शिविरबाट सेवा लिएका छन ।  

जिल्ला प्रशासन कार्यालयले आफनै आयोजना संयोजनामा हरेक समय ऐकिकृत घुम्ती शिविर गर्दै आईरहेको छ । २०६८ साल बाट सुरु भएको ऐकिकृत घुम्ती शिविर सेवा हाल सम्म जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो