मङ्सिर १५, काठमाडौँ । नेपाल सरकारले कुटनीतिक पहल नगर्दा साउदी अरेबीयामा कार्यरत नेपाली अत्यन्तै शोसित् भएका सरोकारवालाहरुले बताएका छन् । 

रोज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १५, काठमाडौँ । नेपाल सरकारले कुटनीतिक पहल नगर्दा साउदी अरेबीयामा कार्यरत नेपाली अत्यन्तै शोसित् भएका सरोकारवालाहरुले बताएका छन् । 

रोज"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा कामदारको बिजोग, कुटनीतिक पहल गर्न सरकारसँग आग्रह

१५ मंसिर २०७३, बुधबार ११:५८


मङ्सिर १५, काठमाडौँ । नेपाल सरकारले कुटनीतिक पहल नगर्दा साउदी अरेबीयामा कार्यरत नेपाली अत्यन्तै शोसित् भएका सरोकारवालाहरुले बताएका छन् । 

रोजगारीका लागि साउदी जानुपूर्व कामदारसँग भएका कुनै पनि सम्झौता रोजगारदाता कम्पनीले लागू नगर्दा त्यहाँ कार्यरत नेपाली कमदारहरु पीडित भएको उनीहरुको भनाई थियो । नेपाल साझा मञ्चले बुधबार मिडिया इन्टरनेसनलमा आयोजना गरेको ‘वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा देखिएका समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले साउदीमा नेपाली कामदार पीडित हुनु नेपाल सरकारको कुटनीतिक कमजोरी भएको औँल्याएका हुन् । 

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका पूर्व श्रम तथा रोजगारमन्त्री कमल चौँलागाईले पछिल्लो समय साउदीमा नेपालीहरु सेवा सुविधाको हकमा अन्यायमा परिरहेको बताए । त्यसै पनि अहिले युद्धको भयले साउदी जाने नेपाली कामदारको संख्या घटिरहेको छ, उनले भने, तर भएका नेपाली कामदारहरु समेत शोसित भएको काम गर्नुपरेको अवस्था छ । उनले यसबारे सरकारले चाँडोभन्दा चाँडो कुट्नीतिक पहल चाल्नुपर्ने औँल्याए । 

त्यसैगरि नेकपा एमाले युवा तथा खेलकुद विभागका सदस्य मिना श्रेष्ठले बैदेशिक रोजगारीमा समस्या बढी देखिएकाले अब युवालाई स्वदेशमै रोक्ने खालका कार्यक्रमहरु लागू गर्नुपर्नेमा जोड दिइन् । यसका लागि नेपालमै भएका रुग्ण उद्योगहरु सञ्चालनमा ल्याउनुपर्ने उनको भनाई थियो । 

त्यस्तै नेपाल रक्षा परिषद्का सदस्य सचिव युवराज सफलले बैदेशिक रोजगारमा जाने श्रमिकलाई म्यानपावर व्यवसायी, सरकारी कर्मचारीले नै मिलेमतोमा पीडित बनाएको आरोप लगाए ।  

बैदेशिक रोजगार विभागका माहानिर्देशक विश्वराज पाण्डेले साउदी अरेबियाको समस्याबारे आफूहरु ज्ञात रहेकाले त्यसको समाधानक लागि पहल भईरहेको बताए । ‘सरकारी स्तरबाट पहल भईरहेको छ ।’ उनले भने,  ‘विगतमाभन्दा हामीले समस्या केही समाधान गरिसकेका छौँ ।’

नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयका सहसचिब भरत भुर्तेलले पनि साउदीमा नेपालीहरुले दुख पाइरहेको भन्ने कुरा स्वीकार गरे । उनले भने, ‘साउदीको समस्यालाई सरकारले गम्भीर रुपमा लिएको छ ।’

कार्यक्रममा नेपाली साझा मंचका उपाध्यक्ष भक्त बहादुर (हमाल) मल्लले कार्यपत्र पेश गरेका थिए । कार्यपत्रमा साउदीमा बैदेशिक रोजगारका क्रममा भए/गरेका सम्झौता, तलब ज्याला, बीमा, भीसाको समस्या, रेसिडेन्ट परमीट, काममा देखिएका समस्याहरु, कामदारका गुनासो, लेवर कोर्टका समस्या, नेपाली महिला कामदारको समस्या, जेलको कठिनाई, दुतावासको सहयोगमा अभावलगायतका समस्या उल्लेख गरिएको थियो ।  

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु