२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीका प्रहरीद्वारा रात्रिकालिन व्यवसायलाई १० बजेपछि वन्द गर्न निर्देशन

२८ फाल्गुन २०७२, शुक्रबार ०४:३९

शिब न्यौपाने/फागुन २८, पोखरा
पोखरामा हिजोदेखि लागु हुने गरी दोहोरी तथा डान्स बार हरुलाई राति १० बजे पछि वन्द गर्न
अर्यालले निर्देशन दिनुभएको हो ।

स्थानीयको जनगुनासो आएको कारण
राति अवेरसम्म दोहोरी तथा डान्स वारहरु संचालन हुदा अनावस्यक हो हल्ला हुने भएकोले यो निर्णय
कार्यान्वयन गर्न उहाँले आग्रह गर्नुभयो ।

सार्क मन्त्री स्तरीय
बैठकलाई लक्षित गरेर यो अभियान हिजो देखि लागु भएको बताउदै अर्यालले प्रहरीले दिएको निर्देशन कसैले
पालना नगरेको खण्डमा उनीहरु उपर कारवाही गर्न बाध्य हुने बताउनुभएको छ ।

एस.पी. अर्याललेसार्क मन्त्री स्तरीय बैठक सकिएपछि पनि जनताको माग भएमा यो निर्णयलाई
निरन्तरता दिने समेत बताउनुभयो । एसपी अर्यालको यस्तो निर्देशनपछि दोहोरी तथा डान्स वार व्यवसायीहरुले
चाहि आफुहरुको व्यवसायलाई धरासायि बनाउने गरी निर्णय भएको गुनासो गरेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकी तथा धौलागिरीका अध्यक्ष जिवन दाहालले
पोखरा जस्तो आन्तरीक तथा बाह्यि पर्यटकको गन्तव्यमा प्रहरीले रातिको समय १० बजे भित्र वन्द गर्नु भनेको
आफुहरुको व्यवसायलाइ नै धरासायि बनाउने निर्णय भएको बताउनुभयो ।

उहाले सार्क मन्त्री स्तरीय बैठकसम्मको लागि हो भने मान्न तयार रहेको तर त्यसपछि पोखरामा
प्रहरीले यस्तो निर्णयलाई निरन्तर दिएमा व्यावसाय धरासायि हुने जानकारी दिनुभएको छ ।

आफुहरुको रातिको करीब ९ बजे देखि ११ बजेसम्म नै बढी कारोवार हुने तथा दोहोरी
गित संचालन हुने भएकोले यस्तो समयमा प्रहरीले संचालनमा रोक लगाएमा आफुहरुको व्यवसाय नै ठुलो असर पार्ने
उहाँको भनाई छ ।

पोखरा क्षेत्रमा अहिले १७ वटा दोहोरी साँझहरु
छन । पोखरामा रहेका दोहोरी साँझले कम्तीमा एक रातमा ४० देखि ५० हजार मुल्य बराबरको कारोवार गर्छन् ।
यस्तै पोखरामा आधा दर्जन जसो डाँस वारहरु पनि राती अबेरसम्म चल्ने गरेका छन ।

यसैविच कास्की प्रहरीले विकृति वढेको भन्दै पोखराका रात्री कालिन व्यवसाय सञ्चालनको
अवधी १० वजे सम्माको लागी तोकेपछि आवद्ध व्यवसायीहरुले हिजो त्यसको विरोध स्वरुप आफ्ना सवै व्यवसायहरु
वन्द गराएका छन् ।

पर्यटकीय शहर पोखराको लेकसाइड र महेन्द«पुलमा
संञ्चालनमा रहेका दोहोरी सांझ, डान्सवार, लाइभ म्यूजिक, गजल सांझ लगायतका रात्रीकालिन व्वसायहरुलाई यस
अघि राती ११ वजे सम्म सञ्चालन गर्न दिइएको थियो ।

कास्की प्रहरी
प्रमुख मा एस.पी घनश्याम अर्याल आएको एक महिना नवित्दै रात्रीकालिन व्यवसायको सञ्चालन अवधि घटाउने
प्रयास भएको भन्दै व्यवसायीले विरोध गरेका हुन् ।

१० वजे
व्यवसाय वन्द गर्ने गरि गर्नु भन्दा व्यवसायनै वन्द गर्नु वेश हुने भन्दै हिजो पोखराका सवै रात्रीकालीन
व्यवसायहरु ठप्प पारेको दोहेरी साझ व्यवसायी समितिका अध्यक्ष सीम गुरुङले वताउनुभयो ।

कास्की प्रहरीको यो कदमको निकासका लागी राज्यको ध्यानाकर्षण गराइने उहाँले
बताउनुभयो । आज कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली समक्ष ज्ञापन पत्र वुझाइने गोर्खा
प्यालेस रेस्टुरेन्ट लेकसाइडका सञ्चालक लक्ष्मण गुरुङले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य