मङ्सिर १६, दार्चुला | भारतीय सरकारले कालोधन खारेज गर्नको लागि भारतीय पाँच सय र एक हजारको नोट बन्द गरेपछि बेला बेला विभिन्न समस्या आईरहेका छन् । 

भारती"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १६, दार्चुला | भारतीय सरकारले कालोधन खारेज गर्नको लागि भारतीय पाँच सय र एक हजारको नोट बन्द गरेपछि बेला बेला विभिन्न समस्या आईरहेका छन् । 

भारती"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतिय बजारमा नेपाली नोटको मूल्य घट्यो

१६ मंसिर २०७३, बिहीबार ०४:२७

मङ्सिर १६, दार्चुला | भारतीय सरकारले कालोधन खारेज गर्नको लागि भारतीय पाँच सय र एक हजारको नोट बन्द गरेपछि बेला बेला विभिन्न समस्या आईरहेका छन् । 

भारतीय पाँच सय र एकहजार रुपैँया बन्द भएको बेला ६ सय ४० रुपैयामा नेपाली एक हजारको नोट चलेपनि पछिल्लो एक साता पहिलेबाट व्यापारीहरुले नेपाली एकहजारको रुपैँया पाँच सय ८० भारुमा कारोबार गरिरहेका छन् ।

नेपाली एकहजारको भारु ६ सय ४० रुपैँया हुने भएपनि भारतीय बजार धारचुलामा ६ सय रुपैया भारुमा चल्दै आएको एक हजार नेपालीको रुपैँया हिजो आज पाँचसय ८० मा चल्ने गरेको भारतीय व्यापारी देबराज गव्र्यालले जानकारी दिनुभयो ।

उनका अनुसार सुरु-सुरुमा नेपाली रुपैँया चलाईएपनि अहिले ठुला व्यापारीहरुले नेपाली रुपैँया लिन नमान्ने र आफुहरुलाई सामान किन्न पनि समस्या हुँदा व्यापारीहरुले यसरी नेपाली एकहजारको रुपैँया चलाउने गरेका छन् । पैशा साट्ने ठाउँमा नेपाली एकहजारको पाँचसय ८० मा नै कारोबार भईरहेकाले आफुहरुले पनि त्यसै रेटमा कारोबार गर्ने गरेको गव्र्यालको भनाई छ ।

मोदि सरकारको पछिल्लो निर्णयले भारतिय बजारमा दैनिक ६० प्रतिशत व्यापार घटेको पनि व्यापारीहरुको भनाई छ । भारतीय सरकारले एक हप्तामा २४ हजार रुपैँया बैंक तथा एटिएमबाट साट्न थालेको भएपनि खुद्रा पैशा नपाइने भएपछि सबैतीर अझै परिस्थिति सामान्य भइसकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ