2026-10-14 07:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा एच आई भि (एड्स) संक्रमण दर बिगत वर्षहरुभन्दा स्थिर

होम साउद | मङ्सिर १६, अछाम | अछाममा एच आई भि (एड्स) संक्रमण दर बिगत वर्षहरु भन्दा स्थिर रहेको पाईएको छ । जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्यंक अनुसार जनचेतनाका कार्यक्रम संचालन हुनु, ए. आर. टी सेवा निशुल्क उपलब्ध हुनु, सबै स्वास्थ्य संस्थाहरुमा एचआईभि संक्रमण चेकजाँच गर्ने सेवा सहज रुपमा उपलब्ध हुनु आदि कारणले संक्रमण दर खासै नबढेको पाईएको हो । 

बिगत वर्षहरुमा एचआईभी संक्रमण पत्ता लगाउन आयोजना गरिने चेकजाँच कार्यक्रमहरुमा सयौंको संख्यामा संक्रमित भेटिने गरेपनि पछिल्ला केही वर्षहरुमा त्यो अवस्था घट्दै गएको हो । बिसौं हजार ब्याक्तिमा जाँच गर्दा पनि नयाँ संक्रमितको संख्या घट्दै गैरहेको जनाईएको छ । 

जस अन्र्तगत आर्थिक वर्ष ०६९/७० मा ९ हजार २ सय ९३ जनामा परिक्षण गरिएकोमा ७१ जनामा पोजेटीभ देखिएको थियो भने यो अवस्था आ. व. ७०/७१ मा केही बढेर ८१ पुगेको थियो । तर आर्थिक वर्ष ०७१/७२ मा १८ हजार ७ सय ९३ जनामा परिक्षण गरिएकोमा ६७ जनामा मात्र पोजेटीभ देखीएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यंक छ । यसरी हेर्दा जिल्लामा २०७३ मंसिर १५ गतेसम्मको तथ्यंक अनुसार जम्मा एक हजार पाँच सय ५५ जनामा एच आई भी (एड्स) संक्रमण रहेको तथ्यंकले देखाएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय अछाम सहित बिभिन्न स्वास्थ्य संस्था र अन्य संघ संस्थाहरुले जिल्लामा सचेतनाका बिभिन्न कार्यक्रम तथा परिक्षण र परामर्श सेवा समेत उपलब्ध गराएका कारण समाजमा एच आई भी संक्रमितहरु लुकेर बसेको अवस्था नरहेको जिल्ला स्वास्थय कार्यालय अछामका प्रमुख डा. शरदचन्द्र बरालको दावी छ । बरालका अनुसार जिल्लामा पर्याप्त जनचेतनाका कारण संक्रमितहरु पनि खुलेरै सेवा लिन आँउने गरेका छन भने जोखिममा रहेकाहरु पनि निर्धक्क संग चेकजाँच गर्न आँउने गरेका छन । 

संक्रमितका लागि जिल्ला अस्पता अछाम, बयालपाटा अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा निशुल्क ए आर टी सेवा उपलब्ध छ । जिल्ला अस्पताल र कमलवजार प्राथमिक स्वास्थ्य केन्द्रमा गरि २ सय ७० जना र बयालपाटामा २ सय २२ जनाले सेवा लिईरहेका डा. बरालको भनाई छ । जिल्ला अस्पतालमा ३०० जना र बयालपाटा अस्पतालमा ६९ जना ए आर टी सेवा लिनु नपर्ने (सामान्य) खालका संक्रमितको तथ्यंक रहेको छ । जिल्लाका हरेक स्वास्थ्य संस्थाहरुमा आमावाट बच्चामा एच आई भि संक्रमण रोक्नका लागि एच आई भी जाँच सेवा उपलब्ध गराईएको छ भने अन्य जोखिममा रहेकाहरुले पनि यसवाट सेवा लिने गरेका छन । 

२०६५ सालदेखी अछाममा एच आई भी को जिवाणु जाँच गर्न सुरु गरिएको थियो । तत्कालिन अवस्थामा भयावह देखीएको एच आई भि संक्रमणको अवस्था त्यही अनुपातमा बृद्धि नभएर स्थिर रहनुमा जनचेतनाको स्थर बृद्धि भई जोखिममा रहेकाहरुले पनि सजगता अपनाउनु नै प्रमुख कारण रहेको पत्रकार नरेशकुमार शाहीको भनाई छ । यसको श्रेय जिल्ला स्वास्थ्य कार्यालय अछाम सहित बिभिन्न स्वाथ्य संस्था र एच आई भि एड्समा युद्धस्तरमा खटिएर काम गरेका सामाजिक संस्थाहरु वाक नेपाल र गंगोत्री ग्रामिण विकास मंच लगायतलाई जाँने सरोकारवालाहरुको भनाई छ । 

पछिल्लो समय कामको शिलशिलामा भारत जाँनेहरु र तिनका परिवारलाई लक्षीत गरेर पनि बिभिन्न कार्यक्रमहरु संचालन हुनु, नेपाल सरकारवाट पनि स्वास्थ्य संस्थाहरु मार्फत ब्यापक जनचेतना अभिबृद्धि हुनुले जिल्लाको ९८ प्रतिशत ब्याक्तिहरुलाई यो रोगवारे पूर्ण जाँनकारी रहेको स्थानिय वाक नेपालका कार्यकारी निर्देशक डम्मर रावलको भनाई छ । यस्तै बिभिन्न संचार माध्ययमवाट यसवारेका सन्देश प्रवाह गरिनु, बिद्यालयको पाठ्यपुस्तकमा पनि एच आई भीको विषय समेटीनुले पनि संक्रमण दर स्थिर रहनमा मद्धत पुगेको उनले बताए । जसरी स्वास्थय प्रवाहको क्षेत्रमा अछाम देभरमै उत्कृष्ठ भयो त्यसैगरी सबैको सक्रियतामा एच आई भी न्यूनिकरण र रोकथाममा पनि सफलता हाँसिल गर्न सकिने रावलले बताए । 

२०६५ देखी हालसम्म जिल्लामा २ सय ६० जनाले एच आई भी कै कारण मृत्यूवरण गरेको तथ्यंक जिल्ला स्वास्थ्य कार्यालय संग छ । तर कुल संक्रमित संख्या पन्ध्र सय ५५ वाट यो संख्या घटाँउदा हालको अवस्थामा जिल्लामा १२ सय ९५ जना मात्रै संक्रमित रहेको मान्न सकिन्छ । जिल्ला स्वास्थ्य प्रमुख डा. बरालका अनुसार कुल संक्रमित संख्या बाट मृत्यू भएका संक्रमितहरुको संख्या घटाईएको छैन । 

विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) को सन २०१४ को तथ्यंक अनुसार विश्वभरी ३ करोड ६९ लाख मानिस एच आई भी (एड्स)वाट संक्रमित छन भने नेपालमा ३९ हजार २ सय ४९ जना संक्रमित रहेका छन । नेपालमा ६५ प्रतिशत पुरुष संक्रमित रहेको तथ्यंक छ । तथ्यंक अनुसार विश्वभरी १२ लाख मानिसको एच आई भि कै कारण मृत्यू भएको छ भने नेपालमा २ हजार ६ सय ६९ जनाको मृत्यू भईसकेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश