फागुन २८, पाेखरा । सांसद एवं संसदीय विकास समितिका सभापति रविन्द्र
अधिकारीले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । उहाँले भौतिकता सँगसँगै आध्यात्मिक ज्ञानको पनि आवश्यकता
हुने बताउँदै चिन्तनको माध्यमबाट नै मानवले सच्चा शान्ति प्राप्त गर्न सक्ने बताउनुभयो ।
संस्थाकी निर्देशक राजयोगिनी ब्रह्माकुमारी परिणीता दिदीले
मानवको व्यक्तित्वको उचाई पद, मान, सम्मानबाट नभई बिचारको माध्यमबाट हुने भएकाले गीता ज्ञान सबै मानव
आत्माको स्व व्यवस्थापनको विद्या भएको बताउनुभयो । कार्यक्रम सफल वनाउन हिजो मोटरसाइकल तथा कलश यात्रा
समेत गरीएको थियो । महायज्ञ चैत्र ३ गतेसम्म सञ्चालन हुनेछ ।