२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चौथो राष्ट्रिय महिला सम्मेलन सम्पन्न (तश्विर सहित)

२०७३, १६ मंसिर बिहीबार ०५:३१

मंसिर १६, काठमाण्डौ | एक्सनएड नेपालले महिलाको न्यायीक, आर्थिक, सामाजिक र राजीनितीक अधिकार सुनिश्चित गर्नको लागि युथ एड्भोकेसी नेपाल, राष्ट्रिय महिला अधिकार मंच, होमनेट नेपाल लगायतका संघ संस्थाहरुको सहकार्यमा राजधानीमा मंसिर १४ र १५ गते २ दिने चौथो राष्ट्रिय महिला सम्मेलन आयोजना गरेको छ । 

सम्मेलनमा वोल्दै महिलाको दृष्टिकोणवाट नागरिकताको प्रावधान विवेधकारी भएकोले त्यसलाई सच्याउने पर्ने कार्यक्रमकी प्रमुख अथिति महिला, वालवालिका, जेष्ठ नागरीक तथा समाज कल्याण समितिकी सभापति रन्जु कुमारी झाले वताईन । महिला, वालवालिका तथा जेष्ठ नागरिकका अधिकारलाई संस्थागत गर्न विद्यमान नीति, नियम तथा कानुन अप्रयाप्त भएकाले नयाँ नीति, नियम तथा कानुन वनाउनु पर्ने उनको जिकिर थियो । एक अर्को प्रसङ्गमा वालवालिक वलत्कार भएको उदारहण प्रस्तुत गर्दै वलत्कारीलाई कारवाही गर्नका लागि कडा कानुनको आवस्यकता भएको उनको जोड थियो । 

कार्यक्रममा वोल्दै महिला हिंसालाई अन्त्य गर्नका लागि महिला र पुरुषहरु विचको शक्ति सम्बन्धलाई फेनु पर्ने महिला अधिकारकर्मी आरती चटौतका दावी थियो । 

त्यस्तै गरी, पितृसतात्मक सोच र व्यवहारको कारणले महिलाहरु अधिकारवाट वञ्चित भएकाले उक्त सोच र व्यवहारलाई रुपान्तरण गर्न महिला मात्र नभएर पुरुषहरु पनि संग्लग्न हुन पर्ने महिला अधिकारकर्मी मालती मास्केको जिकिर थियो । 


महिला हिंसा अन्त्य गर्नका लागि समाजमा रहेको अन्यायापुर्ण सम्बन्धलाई फेर्नु पर्ने एक्सनऐड नेपालका देसिय निर्देशक विमल कुमार फुँयालको भनाई थियो । नेपालमा संचालन भएका धेरै जसो सामाजिक आन्दोलनहरु विरोधका लागि विरोध मात्र भएकाले सामाजिक आन्दोलनहरु विकल्प सहित आउनु पर्नेमा उनको जोड थियो । एक अर्को प्रसङ्गमा गरीवी जस्ताको तस्तै राखेर, विद्यमान अन्यायपुर्ण समग्र परिवेशलाई नफेरिकन महिला मुक्ति सम्भव नहुनेमा उनको जिकिर थियो । 

२ दिन सम्म चलेको सम्मेलनमा जनमुखी दीगो विकास र महिला अधिकारका सम्बन्धमा ८ वटा भन्दा वढी कार्यपत्र प्रस्तुती भएको थियो । सम्मेलनमा ४० वटा भन्दा जिल्लाका करिव १५० जना सहभागीहरुको उपस्थिति थियो । कार्यक्रममा स्थानियस्तरमा महिलाहरुले भोगीरहेका चुनौती, उनीहरुका सिकाई तथा सामधानका उपायहरुको सम्बन्धमा सहभागीहरुले आफ्ना भनाईहरु राखेका थिए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट