मंसिर १६, बुटवल । बुटवलबाट प्रकाशित खस्यौली साप्ताहिकले तेस्रो बार्षिक उत्सवको अवसर पारि अनलाईन शुरुवात गरेको छ । विहिबार बुटवलमा बार्षिक उत्सव समारोह कार्यक्रमम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १६, बुटवल । बुटवलबाट प्रकाशित खस्यौली साप्ताहिकले तेस्रो बार्षिक उत्सवको अवसर पारि अनलाईन शुरुवात गरेको छ । विहिबार बुटवलमा बार्षिक उत्सव समारोह कार्यक्रमम"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवलबाट खस्यौली डट कमको औपचारिक सुरुवात

१६ मंसिर २०७३, बिहीबार १४:४१

मंसिर १६, बुटवल । बुटवलबाट प्रकाशित खस्यौली साप्ताहिकले तेस्रो बार्षिक उत्सवको अवसर पारि अनलाईन शुरुवात गरेको छ । विहिबार बुटवलमा बार्षिक उत्सव समारोह कार्यक्रममा खस्यौली डट कमको नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर केसीले उद्घाटन गर्नुभएको हो । 

उक्त समारोहमा बोल्दै अध्यक्ष केसीले स्थानीय अखबारहरुले स्थानीय मुद्धा बढि उठाउनुपर्ने भन्दै खस्यौलीले त्यसको शुरुवात गरेको बताउनुभयो । उहाँले पत्रिकालाई अनलाईनमा लगेर एउटा नयाँ कामको थालनी गरेको भन्दै मर्यादित पत्रकारिता गर्न सुझाव दिनुभयो । एक अर्को प्रसङगमा अध्यक्ष केसीले पाँच नम्बर प्रदेश विभाजनपछि यस क्षेत्रमा आन्दोलन चर्किएको भन्दै त्यसमा संमय रहेर समाचार प्रकाशन प्रशारण गर्न सुझाव दिनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष यानेन्द्र जिशि, प्रेस सोसाईटी ५ नम्बर प्रदेशका संयोजक टिआर शर्मा, बुछ सामुदायिक टेलिभिजनका कार्यकारी अधिकृत विष्णु प्रसाद भुसाल, प्रेस सेन्टर नेपाल ५ नम्बर प्रदेशका उपाध्यक्ष रुद्रहरि कुँवरले बोल्दै पत्रिकालाई सफलताको शुभकामना दिनुभएको थियो । सम्पादक विनोद परियारले पत्रिकालाई आधुनिक युगसँगै अनलाईनको शुरुवात भएको बताउनुभयो । प्रबन्ध निर्देशक विरेन्द्र कुँवरलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रिकाको तीन बर्षे यात्रा समेटिएको भिडियो सामाग्री देखाइएको थियो । 


उक्त भिडियो सन्देशमा नेपाल पत्रकार महासंघका अध्यक्ष केसि सहित सल्लाहाकारद्धय दीपक ज्ञवाली, सुमन अधिकारी, प्रेस यूनियन रुपन्देहीका सभापती बिक्रम खड्का, प्रेस चौतारी नेपाल रुपन्देही अध्यक्ष अमृत गिरी, प्रेस सेन्टर, रुपन्देही अध्यक्ष भुवन कार्की, प्रगतीशिल पत्रकार संघ रुपन्देहीका अध्यक्ष श्याम पोखरेल,  प्रेस सोसाईटी रुपन्देही अध्यक्ष रमेश पोखरेल, सञ्चारिका समू्रह लु्म्बिनीका अध्यक्ष अमृता अनमोल, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष टेक मास्की राना, क्रियाशिल महिला पत्रकार अध्यक्ष भगवती पाण्डे, क्रान्तिकारी पत्रकार संगठन रुपन्देही अध्यक्ष प्रकाश डुम्रे, आदिवासि जनजाती पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष मिलन गाहा, दलित पत्रकार संघ रुपन्देही अध्यक्ष सञ्जय विश्वकर्मा, चलचित्र पत्रकार संघका अध्यक्ष सुमन श्रेष्ठले पत्रिकाले स्थानीय अखबारमा राम्रो भूमिका निर्वाह गरेको भन्दै अझ गुणस्तरीय बनाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु