मंसिर १६, बुटवल । बुटवलबाट प्रकाशित खस्यौली साप्ताहिकले तेस्रो बार्षिक उत्सवको अवसर पारि अनलाईन शुरुवात गरेको छ । विहिबार बुटवलमा बार्षिक उत्सव समारोह कार्यक्रमम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १६, बुटवल । बुटवलबाट प्रकाशित खस्यौली साप्ताहिकले तेस्रो बार्षिक उत्सवको अवसर पारि अनलाईन शुरुवात गरेको छ । विहिबार बुटवलमा बार्षिक उत्सव समारोह कार्यक्रमम"/>
2026-09-18 10:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवलबाट खस्यौली डट कमको औपचारिक सुरुवात

मंसिर १६, बुटवल । बुटवलबाट प्रकाशित खस्यौली साप्ताहिकले तेस्रो बार्षिक उत्सवको अवसर पारि अनलाईन शुरुवात गरेको छ । विहिबार बुटवलमा बार्षिक उत्सव समारोह कार्यक्रममा खस्यौली डट कमको नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर केसीले उद्घाटन गर्नुभएको हो । 

उक्त समारोहमा बोल्दै अध्यक्ष केसीले स्थानीय अखबारहरुले स्थानीय मुद्धा बढि उठाउनुपर्ने भन्दै खस्यौलीले त्यसको शुरुवात गरेको बताउनुभयो । उहाँले पत्रिकालाई अनलाईनमा लगेर एउटा नयाँ कामको थालनी गरेको भन्दै मर्यादित पत्रकारिता गर्न सुझाव दिनुभयो । एक अर्को प्रसङगमा अध्यक्ष केसीले पाँच नम्बर प्रदेश विभाजनपछि यस क्षेत्रमा आन्दोलन चर्किएको भन्दै त्यसमा संमय रहेर समाचार प्रकाशन प्रशारण गर्न सुझाव दिनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष यानेन्द्र जिशि, प्रेस सोसाईटी ५ नम्बर प्रदेशका संयोजक टिआर शर्मा, बुछ सामुदायिक टेलिभिजनका कार्यकारी अधिकृत विष्णु प्रसाद भुसाल, प्रेस सेन्टर नेपाल ५ नम्बर प्रदेशका उपाध्यक्ष रुद्रहरि कुँवरले बोल्दै पत्रिकालाई सफलताको शुभकामना दिनुभएको थियो । सम्पादक विनोद परियारले पत्रिकालाई आधुनिक युगसँगै अनलाईनको शुरुवात भएको बताउनुभयो । प्रबन्ध निर्देशक विरेन्द्र कुँवरलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रिकाको तीन बर्षे यात्रा समेटिएको भिडियो सामाग्री देखाइएको थियो । 

उक्त भिडियो सन्देशमा नेपाल पत्रकार महासंघका अध्यक्ष केसि सहित सल्लाहाकारद्धय दीपक ज्ञवाली, सुमन अधिकारी, प्रेस यूनियन रुपन्देहीका सभापती बिक्रम खड्का, प्रेस चौतारी नेपाल रुपन्देही अध्यक्ष अमृत गिरी, प्रेस सेन्टर, रुपन्देही अध्यक्ष भुवन कार्की, प्रगतीशिल पत्रकार संघ रुपन्देहीका अध्यक्ष श्याम पोखरेल,  प्रेस सोसाईटी रुपन्देही अध्यक्ष रमेश पोखरेल, सञ्चारिका समू्रह लु्म्बिनीका अध्यक्ष अमृता अनमोल, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष टेक मास्की राना, क्रियाशिल महिला पत्रकार अध्यक्ष भगवती पाण्डे, क्रान्तिकारी पत्रकार संगठन रुपन्देही अध्यक्ष प्रकाश डुम्रे, आदिवासि जनजाती पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष मिलन गाहा, दलित पत्रकार संघ रुपन्देही अध्यक्ष सञ्जय विश्वकर्मा, चलचित्र पत्रकार संघका अध्यक्ष सुमन श्रेष्ठले पत्रिकाले स्थानीय अखबारमा राम्रो भूमिका निर्वाह गरेको भन्दै अझ गुणस्तरीय बनाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई