११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

उपमहानगरप्रति प्लाष्टिक उत्पादक र व्यवसायी असन्तुष्ट

२८ फाल्गुन २०७२, शुक्रबार १६:१२

पोखरा, २८ फागुन । विकल्प नदिई
पोखरा उपमहानगरपालिकाले पोखरालाई प्लाष्टिक झोला र कप मुक्त नगर घोषणा गर्न लागेको भन्दै त्यसको उत्पादन
र कारोवार गर्ने व्यवसायीहरुले असन्तुष्टी जनाएका छन् ।

पोखरामा
रहेर विभिन्न किसिमका प्लाष्टिकका झोला तथा प्लाष्टिकजन्य सामान उत्पादन तथा बिक्री गर्दै आएका
व्यवसायीहरुले छाता संस्था पोखरा उद्योग वाणिज्य संघ समक्ष उपमहानगरपालिकाले नागरिकको लगानी सुरक्षित
नगराएको गुनासो समेत गरे । कुनै एक व्यक्तिले आफू हिरो हुन हचुवाको भरमा प्लाष्टिक मुक्त अभियान चािलएको
भन्दै उनीहरुले त्यसका विरुद्ध आन्दोलन नै गर्ने चेतावनी पनि दिए ।

‘प्लाष्टिक मान्छेको दैनिक जीवनमा प्रयोग हुन्छ, चुरोट, रक्सी बेच्नेलाई नियन्त्रण नगर्ने
राज्य संयन्त्रले हामीलाई किन पेलियो, किन उद्योग बन्द गराउन खोजियो,किन विकल्प दिइएन ?’–प्लाष्टिक
उत्पादकहरुले गठन गरेको संघर्ष समितिका संयोजक परमेश्वर आचार्यले प्रश्न गरे । प्लाष्टिकको पुन प्रयोग
हुनुपर्ने, सफाइमा ध्यान दिँदै व्यवस्थापन गर्नेतर्फ उपमहानगरपालिकाले ध्यान नदिएको उनले गुनासो गरे
।पोखरामा चारवटा प्लाष्टिक कम्पनी रहेका छन् । तर, उनीहरुको उत्पादनको बजार हिस्सा भने अत्यन्त सानो छ ।
उनीहरुको आशय उपमहामनगरपालिकाले लगानी सुरक्षित गर्ने समय दिओस् भन्ने रहेको छ ।

उनीहको कुरा सुनेपछि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले लगानीको
सुरक्षाप्रति संघ संवेदनशील भएको बताए । पोखरालाई सफा र सुन्दर राख्नुपर्छ भन्नेमा कसैको द्धिविधा नभएको
जनाउँदै उनले लगानीको सुरक्षाप्रति उपमहागरपालिका संवेदनशील हुनुपर्ने बताए । यसको लागि संघले पहल गर्ने
उनको भनाई थियो । संघका महासचिव रवीन्द्रबहादुर प्रजुले लगानीको सुरक्षा र विकल्प दिनको लागि
उपमहागरपालिका तयार हुनुपर्ने बताए । कार्यक्रममा प्लाष्टिक उत्पादकको तर्फबाट हरिप्रसाद कर्मचार्य,
मासु व्यवसायी ज्ञानहरि आचार्य,बिसाल बजार व्यवसायिक एसोसियसनका शिव शर्मा पौडेल,प्लाष्टिक व्यवसायी
परमेश्वर आचार्य लगायतले मन्तव्य राखेका थिए । संघर्ष समितिले आइतबार ज्ञापनपत्र बुझाउने कार्यक्रम छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप