३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पाेखरामा हुने सार्क परराष्ट्रमन्त्री स्तरिय बैठक अाज देखि

१ चैत्र २०७२, सोमबार १०:५५

शिव न्याैपाने,
चैत १, पाेखरा /
 अाजदेखि चैत ४ गतेसम्म पोखरामा हुने सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठकको
तयारी स्वरूप हिजाे सवारीको पूर्वअभ्यास गरिएको छ । पोखरा विमानस्थलदेखि परराष्ट्रमन्त्रीहरूको बैठकस्थल
पोखरा ग्रान्ड होटलसम्म सो अभ्यास गरिएको हो ।

उक्त पूर्वअभ्यासमा मूल सहयोग
समितिका संयोजक एवम् क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइराला, क्षेत्रीय सुरक्षा समिति एवम् जिल्ला
सुरक्षा समितिका पदाधिकारी लगायतको उपस्थिति थियो । पोखरा विमानस्थलमा सञ्चारकर्मीहरूको जिज्ञासामा
क्षेत्रीय प्रशासक कोइरालाले बैठकका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको जानकारी दिनुभयो । पश्चिम
क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले बैठकका लागि सम्पूर्ण
सुरक्षा व्यवस्था गरिएको बताउनुभयो ।

जिल्ला सुरक्षा समितिका संयोजक एवम् कास्कीका
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले प्रभावकारी सुरक्षा व्यवस्थाका लागि एकीकृत सुरक्षा योजना
अन्तर्गत सबै व्यवस्थापन गरिसकिएको जानकारी दिनुभयो । उहाँले बैठक बाहेक विशिष्ट पाहुनाले पर्यटकीयस्थल
पोखराको अवलोकन गर्न चाहेमा पनि सुरक्षा व्यवस्था तयारी रूपमा राखिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली