नरी बडु, मंसिर १७ बैतडी ।
जिल्लाका खोला र नदीहरुमा पानीको सतह घटेपछि बैतडीमा संञ्चालित परम्परागत पानीघट्ट सधारको माग बढेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, मंसिर १७ बैतडी ।
जिल्लाका खोला र नदीहरुमा पानीको सतह घटेपछि बैतडीमा संञ्चालित परम्परागत पानीघट्ट सधारको माग बढेको छ ।

१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

घट्ट सुधारको माग बढ्यो

१७ मंसिर २०७३, शुक्रबार १३:३८

नरी बडु, मंसिर १७ बैतडी ।
जिल्लाका खोला र नदीहरुमा पानीको सतह घटेपछि बैतडीमा संञ्चालित परम्परागत पानीघट्ट सधारको माग बढेको छ ।

कुटानी पिसानीमा प्रयोग हुने घट्टमा पानी अभाव हुन थालेपछि सुधारिएका घट्टप्रति स्थानीयको आकर्षण बढेको हो । परम्परागत रुपमा प्रयोग हुने काठका ठाउमा फलाम र प्लाष्टिकका सामग्री फेर्दा थोरै पानीमा पनि घट्ट चल्ने भएकाले यसको माग बढेको हो । सुधारिएको मदानीबाट घट्ट चलाउन २ ईन्च पानी भए पुग्छ ।

बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले घट्ट सुधारमा अनुदान दिदै आएको छ । गएको असार महिना देखि उक्त कार्यक्रम बन्द भएकाले निवेदन थुप्रिएका छन् ।  बैकल्पिक उर्जाका क्षेत्रमा कार्यरत संस्था सामाजिक चेतना तथा विकास संघका अनुसार गएको आर्थिक वर्षमा १ सय ३ सुधारीएका घट्ट जडान भएका छन् ।


संस्थामा कार्यक्रम नभएपनि जिल्लाका विभिन्न ठाँउहरुबाट ५ सय बढीलले परम्परागत घट्ट सुधारको माग गरेका छन् । ‘पानीको सतह घटेर परम्परागत घट्ट बन्द हुन थालेपछि यो वर्ष घट्ट सुधार गर्नेको माग बढेको छ ।’ साडा बैतडीका कार्यक्रम संयोजक हर्क ऐरले भने, ‘दिनहु सहयोग खोज्नेहरु सम्पर्कमा आएपनि उर्जा प्रवद्र्धन केन्द्रबाट सहयोग आएको छैन ।’ उनले दोहोर्याए ।

पानीको स्रोत कम हुदा धेरै ठाँउमा परम्परागत घट्टहरु बन्द भएका छन् । सुधारिएका घट्ट थोरै पानी भएका डाडाका बस्तीमा पनि चलेकाले सुधारको माग
बढेको हो । परम्परागत घट्ट सुधार गर्न सके आधा समय बचत हुने स्थानीय को भनाई छ ।

परम्परागत प्राविधि सुधार भएका ठाउमा स्थानीयको दैनिकि सहज भएको छ । ढिकीजाँतोमा आधा दिन बिताउने महिलाहरु आफुलाई फुर्सद भएको बताउछन् ।  सुधारिएका घट्ट र कुटानी, पिसानीका मेसिन आएपछि बचत भएको समय सरसफाई, कृषि र पशुपालनमा लगाउने गरेको महिलाहरु बताउछन् ।

खानेपानीको चर्को समस्या भएका बेला शर्माली, कोटपेटरा, रौलेश्वर, सिगास लगायतका ठाँउका अग्ला डाडामा घट्ट चलेका छन् । खानेपानीकै स्रोतबाट संकलन गरेर चलाउन सकिने भएकाले ग्रामीण  क्षेत्रका महिलाहरु धान कुट्न र अन्न पिध्न घट्ट सुधार माग गर्दै आएका छन् ।

‘पानी घटेर कुटानी पिसानीको समस्या भयो ।’ थलाकाडाका सुरेन्द्र साउदले भने, ‘सुधारको माग गरेको वर्ष बित्यो, सहयोग नआउदा ३ घण्टा टाढा आटा मिलमा गएर काम चलाएका छौं ।’ उनले दोहोर्याए ।

जिल्लामा १५ सय हाराहारीमा घट्ट संचालनमा रहेको तथ्यांक छ । ती मध्ये ५ सय मात्रै  सुधारिएका छन् । घट्ट सुधार गर्न पाईप, औजार र उपकरणमा २५ हजार सम्म लगानी हुन्छ । परम्परागत रुपमा प्रयोग हुने काठका सामग्रीको सट्टा फलाम र पोलिथिनका सामग्री राखिन्छ ।

नयाँ बनाउदा घट्ट, घर र कुलो सहितमा डेढ लाखसम्म खर्च हुने संयोजक ऐरले बताए । बिद्युत र डिजेल मिल भन्दा घट्टमा पिसानी सस्तो र पिठो पनि मिठो हुने भएका कारण गाँउमा यसको माग बढेको हो ।

माग धेरै आएकाले अबको ३–४ महिनापछि फेरी कार्यक्रम लागु हुने सम्भावना रहेको साडा बैतडीका प्रताप महराले बताए ।

क्याप्सन : बैतडीको दुर्गास्थान गाविसमा रहेको परम्परागत पानी घट्ट । उक्त घट्टबाट कोईराली गाँउका ४० परिवार लाभाम्बित छन् । उनिहरुले घट्ट सुधारको माग गरेका छन्  ।
तस्बिर : नरी बडु/कारोबार राष्ट्रिय आर्थिक दैनिक




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल