नरी बडु, मंसिर १७ बैतडी ।
जिल्लाका खोला र नदीहरुमा पानीको सतह घटेपछि बैतडीमा संञ्चालित परम्परागत पानीघट्ट सधारको माग बढेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, मंसिर १७ बैतडी ।
जिल्लाका खोला र नदीहरुमा पानीको सतह घटेपछि बैतडीमा संञ्चालित परम्परागत पानीघट्ट सधारको माग बढेको छ ।

२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

घट्ट सुधारको माग बढ्यो

२०७३, १७ मंसिर शुक्रबार १३:३८

नरी बडु, मंसिर १७ बैतडी ।
जिल्लाका खोला र नदीहरुमा पानीको सतह घटेपछि बैतडीमा संञ्चालित परम्परागत पानीघट्ट सधारको माग बढेको छ ।

कुटानी पिसानीमा प्रयोग हुने घट्टमा पानी अभाव हुन थालेपछि सुधारिएका घट्टप्रति स्थानीयको आकर्षण बढेको हो । परम्परागत रुपमा प्रयोग हुने काठका ठाउमा फलाम र प्लाष्टिकका सामग्री फेर्दा थोरै पानीमा पनि घट्ट चल्ने भएकाले यसको माग बढेको हो । सुधारिएको मदानीबाट घट्ट चलाउन २ ईन्च पानी भए पुग्छ ।

बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले घट्ट सुधारमा अनुदान दिदै आएको छ । गएको असार महिना देखि उक्त कार्यक्रम बन्द भएकाले निवेदन थुप्रिएका छन् ।  बैकल्पिक उर्जाका क्षेत्रमा कार्यरत संस्था सामाजिक चेतना तथा विकास संघका अनुसार गएको आर्थिक वर्षमा १ सय ३ सुधारीएका घट्ट जडान भएका छन् ।


संस्थामा कार्यक्रम नभएपनि जिल्लाका विभिन्न ठाँउहरुबाट ५ सय बढीलले परम्परागत घट्ट सुधारको माग गरेका छन् । ‘पानीको सतह घटेर परम्परागत घट्ट बन्द हुन थालेपछि यो वर्ष घट्ट सुधार गर्नेको माग बढेको छ ।’ साडा बैतडीका कार्यक्रम संयोजक हर्क ऐरले भने, ‘दिनहु सहयोग खोज्नेहरु सम्पर्कमा आएपनि उर्जा प्रवद्र्धन केन्द्रबाट सहयोग आएको छैन ।’ उनले दोहोर्याए ।

पानीको स्रोत कम हुदा धेरै ठाँउमा परम्परागत घट्टहरु बन्द भएका छन् । सुधारिएका घट्ट थोरै पानी भएका डाडाका बस्तीमा पनि चलेकाले सुधारको माग
बढेको हो । परम्परागत घट्ट सुधार गर्न सके आधा समय बचत हुने स्थानीय को भनाई छ ।

परम्परागत प्राविधि सुधार भएका ठाउमा स्थानीयको दैनिकि सहज भएको छ । ढिकीजाँतोमा आधा दिन बिताउने महिलाहरु आफुलाई फुर्सद भएको बताउछन् ।  सुधारिएका घट्ट र कुटानी, पिसानीका मेसिन आएपछि बचत भएको समय सरसफाई, कृषि र पशुपालनमा लगाउने गरेको महिलाहरु बताउछन् ।

खानेपानीको चर्को समस्या भएका बेला शर्माली, कोटपेटरा, रौलेश्वर, सिगास लगायतका ठाँउका अग्ला डाडामा घट्ट चलेका छन् । खानेपानीकै स्रोतबाट संकलन गरेर चलाउन सकिने भएकाले ग्रामीण  क्षेत्रका महिलाहरु धान कुट्न र अन्न पिध्न घट्ट सुधार माग गर्दै आएका छन् ।

‘पानी घटेर कुटानी पिसानीको समस्या भयो ।’ थलाकाडाका सुरेन्द्र साउदले भने, ‘सुधारको माग गरेको वर्ष बित्यो, सहयोग नआउदा ३ घण्टा टाढा आटा मिलमा गएर काम चलाएका छौं ।’ उनले दोहोर्याए ।

जिल्लामा १५ सय हाराहारीमा घट्ट संचालनमा रहेको तथ्यांक छ । ती मध्ये ५ सय मात्रै  सुधारिएका छन् । घट्ट सुधार गर्न पाईप, औजार र उपकरणमा २५ हजार सम्म लगानी हुन्छ । परम्परागत रुपमा प्रयोग हुने काठका सामग्रीको सट्टा फलाम र पोलिथिनका सामग्री राखिन्छ ।

नयाँ बनाउदा घट्ट, घर र कुलो सहितमा डेढ लाखसम्म खर्च हुने संयोजक ऐरले बताए । बिद्युत र डिजेल मिल भन्दा घट्टमा पिसानी सस्तो र पिठो पनि मिठो हुने भएका कारण गाँउमा यसको माग बढेको हो ।

माग धेरै आएकाले अबको ३–४ महिनापछि फेरी कार्यक्रम लागु हुने सम्भावना रहेको साडा बैतडीका प्रताप महराले बताए ।

क्याप्सन : बैतडीको दुर्गास्थान गाविसमा रहेको परम्परागत पानी घट्ट । उक्त घट्टबाट कोईराली गाँउका ४० परिवार लाभाम्बित छन् । उनिहरुले घट्ट सुधारको माग गरेका छन्  ।
तस्बिर : नरी बडु/कारोबार राष्ट्रिय आर्थिक दैनिक




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम