२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

१ करोड ५१ लाख निजी खर्च गरी कास्कीको लेखनाथमा विद्यालय भवन निर्माण

१ चैत्र २०७२, सोमबार ११:१९

शिव
न्यौपाने, चैत १, पोखरा / 
पोखरा उप महानगरपालिकाको वडा नं ८ निवासी दाता दम्पत्ति सनत श्रेष्ठ
र श्रीमती दुर्गा श्रेष्ठले आफ्नो निजी खर्चमा भवन निर्माण सकी हिजो एक समारोहका बीच साँचो विद्यालयलाई
हस्तान्तरण गर्नुभयो ।

विद्यालयको भवन जीर्ण भई टिनको छानोबाट कक्षाकोठामा पानी चुहिने र
वर्षायामको समयमा विद्यालयको पठनपाठन नै बन्द गर्र्नुपर्ने दयनीय अवस्था देखेर श्रेष्ठ परिवारले
विद्यालयको भवन बनाइ दिएको हो ।

आफू लगायत परिवार तनहुँको डुम्रे बजारमा बस्दै आएकामा २०३८ सालमा
घरमाथिबाट पहिरोसँगै ढुङ्गा खसेर आफ्ना बुबाआमा, एक भाइ र दुई बहिनीको मृत्यु भएपछि विरक्तिएर पोखरा
आएको र अनेक मेहनत र परिश्रम गरी आर्जन गरेको केही पैसा बचाएर पढ्न दुःख पाएका विद्यार्थीलाई केही सजिलो
होस् भनेर विद्यालय भवन बनाइदिएको दाता सनतले बताउनुभयो ।

ठूलो निजी खर्च सहयोग गरेर विद्यालय
भवन निर्माण गरिदिएपछि शिक्षा मन्त्रालयले पनि नवज्योति निमाविलाई दाताहरूको नाम थपेर विद्यालयको नाम
नवज्योति सनत दुर्गा निमावि नामाकरण गरिदिएको छ । शिक्षा सचिव विश्वप्रकाश पण्डितले नवनिर्मित विद्यालय
भवनको उद्घाटन गर्दै देशभित्रै रहेका यस्ता दाताहरूको सहयोगबाट जीर्ण अवस्थामा रहेको विद्यालय भवन
निर्माणमा टेवा पुग्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरिता त्रिपाठीको
अध्यक्षतामा भएको सो कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशक विष्णुुप्रसाद अधिकारी, लेखनाथ उद्योग
वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले विद्यालयबारे बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन