२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

१ करोड ५१ लाख निजी खर्च गरी कास्कीको लेखनाथमा विद्यालय भवन निर्माण

२०७२, १ चैत्र सोमबार ११:१९

शिव
न्यौपाने, चैत १, पोखरा / 
पोखरा उप महानगरपालिकाको वडा नं ८ निवासी दाता दम्पत्ति सनत श्रेष्ठ
र श्रीमती दुर्गा श्रेष्ठले आफ्नो निजी खर्चमा भवन निर्माण सकी हिजो एक समारोहका बीच साँचो विद्यालयलाई
हस्तान्तरण गर्नुभयो ।

विद्यालयको भवन जीर्ण भई टिनको छानोबाट कक्षाकोठामा पानी चुहिने र
वर्षायामको समयमा विद्यालयको पठनपाठन नै बन्द गर्र्नुपर्ने दयनीय अवस्था देखेर श्रेष्ठ परिवारले
विद्यालयको भवन बनाइ दिएको हो ।

आफू लगायत परिवार तनहुँको डुम्रे बजारमा बस्दै आएकामा २०३८ सालमा
घरमाथिबाट पहिरोसँगै ढुङ्गा खसेर आफ्ना बुबाआमा, एक भाइ र दुई बहिनीको मृत्यु भएपछि विरक्तिएर पोखरा
आएको र अनेक मेहनत र परिश्रम गरी आर्जन गरेको केही पैसा बचाएर पढ्न दुःख पाएका विद्यार्थीलाई केही सजिलो
होस् भनेर विद्यालय भवन बनाइदिएको दाता सनतले बताउनुभयो ।

ठूलो निजी खर्च सहयोग गरेर विद्यालय
भवन निर्माण गरिदिएपछि शिक्षा मन्त्रालयले पनि नवज्योति निमाविलाई दाताहरूको नाम थपेर विद्यालयको नाम
नवज्योति सनत दुर्गा निमावि नामाकरण गरिदिएको छ । शिक्षा सचिव विश्वप्रकाश पण्डितले नवनिर्मित विद्यालय
भवनको उद्घाटन गर्दै देशभित्रै रहेका यस्ता दाताहरूको सहयोगबाट जीर्ण अवस्थामा रहेको विद्यालय भवन
निर्माणमा टेवा पुग्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरिता त्रिपाठीको
अध्यक्षतामा भएको सो कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशक विष्णुुप्रसाद अधिकारी, लेखनाथ उद्योग
वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले विद्यालयबारे बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु