३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

चैत्र १३ गते पाेखरामा अन्तर्राष्ट्रिय मगर बाैद्ध सम्मेलन हुने

२ चैत्र २०७२, मंगलवार ०३:०९

शिव
न्याैपाने/चैत्र २, पाेखरा ।
नेपाल मगर बुद्ध सेवा समाजको आयोजनामा यही चैत्र १३ गते
पोखरामा अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन हुने भएको छ । समाजले हिजो पोखरामा पत्रकार सम्मेलन गरी
कार्यक्रमको तयारीबारे जानकारी गराएको हो ।

सम्मेलन आयोजक समितिका संयोजक टीबी
पुनमगर ‘रोशन’ले विश्व शान्तिका अग्रदूत महामानव गौतम बुद्धका दर्शन, साहित्य, संस्कृतिको पुनर्उत्थान र
विकास गरी बौद्ध धर्मावलम्बीहरूबीच एकता तथा अन्य धर्मावलम्बीहरूसँग धार्मिक सद्भाव, सहिष्णुता, आपसी
मेलमिलाप कायम राख्दै विश्व शान्ति स्थापनाका लागि सम्मेलन गर्न लागिएको बताउनुभयो ।

संयोजक पुनमगरका अनुसार यही चैत्र १३ गतेदेखि सुरु भइ १५ गतेसम्म हुने सम्मेलनमा विभिन्न
कार्यपत्र प्रस्तुत हुनेछन् । पोखरामा चैत्र १३ गते उद्घाटन हुने सम्मेलनको बन्दसत्र पोखरा–३,
नदीपुरस्थित पोखरा नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा १४ र १५ गते हुनेछ ।

उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले उद्घाटन गर्ने सम्मेलनमा देश तथा विदेशबाट गरी करिब तीन
सय प्रतिनिधि, पर्यवेक्षकको सहभागिता रहने समाजका केन्द्रीय अध्यक्ष क्या. देउबहादुर रानामगरले जानकारी
दिनुभयो ।

सम्मेलनको बन्दसत्रमा मगर जाति र बुद्ध धर्म, नेपाल र विश्वमा बुद्ध
धर्मको अवस्था, मगर समाजमा बुद्ध विहार, भिक्षु, गुरुमाहरूको अवस्था र स्थिति, बुद्ध धर्ममा रहेका
यानहरूबीचको सम्बन्ध, मगर जातिका संस्कार कर्महरू आदि विषयहरूमा विभिन्न बौद्ध विद्वान्हरूबाट कार्यपत्र
प्रस्तुत हुने अध्यक्ष रानामगरले बताउनुभयो ।

आयोजकका अनुसार सम्मेलनको उद्घाटन अघि
चिप्लेढुंगाबाट सांस्कृतिक झाँकीसहितको ¥याली सुरु भइ नगर परिक्रमा गर्नेछ भने सम्मेलनकै अवसरमा
प्रकाशित स्मारिका ‘बोधिज्ञान’को विमोचन समेत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली