2026-09-19 03:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मोरङमा आठ करोडको खानेपानी योजना निर्माण हुँदै

मंसिर १९, मोरङ । मोरङको केरौन–१ स्थित मानेचोकमा रु आठ करोडको लागतमा एक लाख ५० हजार लिटर क्षमता भएको खानेपानी आयोजना निर्माण भइरहेको छ । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मोरङ र खानेपानी तथा सरसफाइ मन्त्रालयको सहयोगमा रु आठ करोडको लागतमा आयोजना निर्माण भइरहेको हो । 

चार कट्ठा जमिन खरिद गरेर २०७१ सालबाट काम गरेको केरौन कालीकोसी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भोजकुमार राईले बताउनुभयो । 

केरौन गाविसको १, २ र ३ नं वडाका दुई हजार २०० घरधुरीलाई लक्षित गरेर योजना सुरु गरिएको अध्यक्ष राईले बताउनुभयो । 

खानेपानी डिभिजन कार्यालय विराटनगरबाट रु २२ लाख ४२ हजार गरी जम्मा रु ५४ लाख ४२ हजार खर्च भइसकेको र यस आव २०७३/७४ मा नियमित बजेट रु ४० लाख विनियोजित भइसकेको समितिले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई