2026-07-24 07:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

फेवा बैंकका अध्यक्षद्धारा राजीनामा

शिव
न्यौपाने/ चैत ४, पोखरा । 
पोखराको फेवा विकास बैंकका अध्यक्ष जगन गुरुङले अध्यक्ष पदबाट
राजिनामा दिनुभएको छ । हिजो पोखरामा पत्रकार सम्मेलन गर्दै गुरुङ्गले बैंकको संचालक समितिले आफुलाई वाई
पास गरी हिडेको र समयमै साधारण सभा गर्न नसकेको जनाउदै राजीनामा दिएको बताउनुभएको हो ।

आफ्नो राजिनामाको बिषयमा प्रष्ट पार्दैै उहाँले पौष मसान्त अगावै र सहमति
गरेअनुसार भएको भएपनि फागुन मसान्तसम्म साधारण सभा समेत वोर्डले वोलाउन नसकेको कारणले गर्दा आफुले
राजिनामा दिएको बताउनुभयो ।

वोर्डको औचित्य समाप्त भएको बताउदै
उहाँले बोर्ड विवाद भएकोले केहि मर्जरका प्रस्तावहरु अघि बढेपनि अव्यवहारीक भएकाले आफुले त्यसलाई
नमानेको कारण संचालकहरुले आफु विरोधि कृयाकलाप गर्न थालेको गुनासो गर्नुभयो । आफ्नो राजिनामासँगै उहाँले
बैंकका केहि संचालकहरुले अध्यक्ष पदबाट हटाउने गैरकानुनी प्रयास बिरुद्ध अदालतमा गएको मुद्धा समेत
फिर्ता लिने बताउनुभयो ।

फेवा विकास बैंकको वोर्डमा विवाद भएपनि
व्यबस्थापन पक्षमा कुनै असर नपारेको बताउदै अध्यक्ष गुरुङले आफुले विगत ८ बर्षदेखि विश्व विकास बैंकको
अध्यक्ष सम्हालेको अनुभवको कारणले गर्दा पनि आफु कुनै वित्तिय संस्था हाक्न सक्ने क्षमता भएको दाबी
गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक